काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन् । उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् ।
अस्पतालले जनाए अनुसार ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनी शुक्रबार त्रिवि शिक्षण अस्पताल गएकी थिइन् । उनलाई चिकित्सकले भर्ना हुनुपर्ने भनेपछि क्याबिनमा राखेर उपचार थालिएको थियो ।
उनको उपचारमा नाक, कान, घाँटी विभागका चिकित्सकहरु संलग्न छन् । नाक, कान, घाँटीको समस्या भने अहिले सुधार हुँदै आएको बताइएको छ ।
आज बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
अस्पतालले जनाए अनुसार उनको भोकल कर्डमा समस्या भएकाले बोल्न समस्या भएको छ । ‘डाक्टरले एक हप्ता नबोलेर रेष्ट गर्न भनेका बताइएको छ ।