कालिमाटिमा व्यापारीले फाले करिव ३० हजार केजी गोलभेडा

३ असार, काठमाडौं । बजार मूल्य नपाएको भन्दै कालीमाटी तरकारी बजारका व्यापारीहरुले गोलभेंडा सडकमा फ्याकेका छन् ।

कालीमाटी थोक तथा खुद्रा बजार समितिले आइतबार बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेको बताएका छन् ।

किसानहरुले यति धेरै गोलभेंडा लिएर बजारसम्म नआउने भएकाले गोलभेंडा किसानले नै फ्याँकेको दाबी भने शंकास्पद छ । कालीमाटी तरकारी बजारकै केही व्यापारीहरुले भने तरकारी फ्याँक्ने कार्य बिचौलियाबाट मूल्य बढाउने उद्देश्यले गरिएको दाबी गरेका छन् ।

कालीमाटीकै तरकारी व्यवसायीले भने करिब ५ हजार किसानको उत्पादन आइतबार नष्ट गरिएको दाबी गरे । ‘किलोमा ४ रुपैयाँमा पनि गोलभेंडा नबिकेपछि नष्ट गरिएको हो, पहिले चितवनमा भयो अहिले काठमाडौंमा’ उनले भने, ‘नेपालमा फलेको गोलभेंडा बिक्री गर्नै सकिएन ।’

कालीमाटी बजार विकास समितिले आइतबारका लागि टनेल सानो गोलभेंडाको थोक बिक्री मूल्य ८ रुपैयाँ प्रतिकिलो तोकेको छ । तर,काठमाडौंमा खुद्रा बजारमा प्रतिकिलो ३० रुपैयाँसम्म गोलभेंडा बिक्री भइरहेको छ ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.