भोजराज घिमिरे
काठमाडौं । रोमानियाली कम्युनिस्ट नेता निकालोस चाउचेस्कुबाट यी हाम्रो देशका कम्युनिस्ट नेताहरु किन शिक्षा लिएर समाजलाई रुपान्तरण गर्न चाहदैनन् रु सन १९८० को दशकमा चाउचेस्कुले रोमानियाको सम्पुर्ण वैदेशिक ऋण चुक्ता गर्ने महत्त्वकांक्षा योजना बनाए । यसका लागि देशको कृषि र अौधोगिक उत्पादनको ठुलो हिस्सा निर्यात गर्न आदेश दिए । यसले गर्दा देशमा खाध्यन्न, इन्धन, बिजुली, पानी र अन्य आधारभूत आवश्यकताको चरम अभाव भयो । यसले आमजनताको जीवन अत्यन्त कष्टकर बनायो र व्यापक असन्तुष्टि बढायो । यस्तो प्रबृत्ति रोक्न या नियन्त्रण गर्न भन्दै गुप्तचर प्रहरीले निगरानी बढाउन थाल्यो, यसबाट मानवअधिकार हनन हुनपुगेको थियोे । जनताको बोल्ने लेख्ने वाक स्वतन्त्रता र संचारगृहमाथि कडा निगरानी र नियन्त्रण गर्नुका साथै कुनै पनि आन्तरिक असन्तुष्टि र बिरोध बढ्दै गएको प्रति राज्यले अस्वीकार गर्दे लुकाउने कार्य गर्दे आयो । यसले रोमानियालाई प्रहरी सेनाको दमन र अत्याचारी राज्यमा परिणत गरेको थियो ।
चाउचेस्कुले आफ्नो र आफ्नी पत्नी एलेना चाउचेस्कुको ब्याक्तीपुजालाई बढ्वा दिए । उनीहरुले आफुलाई देशको मुक्तिदाताको रुपमा प्रस्तुत गरे यसमा अत्याधिक खर्च गरे येस्तो शैलीले तल्लो तहका जनतामा बिस्तारै जनआक्रोश चुलिदै गएको थियोे । चाउचेस्कु र उनकी श्रीमती बस्नको लागि भब्य बिशाल र महगो जनदरबार खर्च गरे , जुन विश्वकै सबैभन्दा ठुला भवनहरु मध्येको एक थियोे । यो खर्च जनताको दुर्दशाकोबीचमा गरिएको थियोे । जसले जनतामा आक्रोश जन्मायो । सन १९८९ डिसेम्बर महिनामा टिमिसोआरा सहरमा सरकार बिरोधी पर्दशनहरु भए । चाउचेस्कुले सुरक्षा बललाई पर्दनकारीमाथि गोली चलाउन आदेश दिए । जसमा धेरै नागरिकहरुको मृत्यु पनि भयो । यश घटनाले देशव्यापी दंगा र नागरिकमा अशान्ति छायो । अन्तमा रोमानियाली सेनाले पर्दशनकारीलाई साथ दियो र निकलोस चाउचेस्कु र उनकी श्रीमती एलेना चाउचेस्कु लाई फाँसी लगाएर अज्ञात ठाउँमा यिनको शब पुर्न लगाएका थिए । यिनलाई फाँसी दिँदा रोमानियामा उनका समर्थन गर्ने एकजना पनि निस्किएन ।
नेपाली कम्युनिस्ट नेताहरू मध्ये नेकपा ( एमाले ) र नेकपा ( माओवादी केन्द्र) नेपाली कम्युनिस्ट आन्दोलनका क्रममा असफल र पत्रुसरह हुनुको कारण पार्टीभित्र आन्तरिक किचलो शक्ति सङघर्ष बैचारिक मतभेदका कारण बिभाजन भइरहयो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र को बिभाजन यसको पछिल्लो उदाहरण हो। यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनायो र जनतामा विश्वास गुमायो । सैद्धान्तिक रुपमा जनताको हित र क्रान्तिलाई प्राथमिकता दिने, भने पनि व्यवहारमा नेताहरूमा सत्ता प्राप्तिको मोह बढी देखियो । सत्ताको भर्याङ्ग चढ्नकै निम्ति सिद्धान्तहिन सम्झौता गर्ने, गठबन्धन र फेरवदल गर्ने प्रबृत्तिले उनीहरुको विश्वसनीयतामाथि प्रश्न उठायो। कम्युनिस्ट सरकारमा भ्रष्टाचार र सुशासनको अभाव देखियो र आरोप लाग्नेगरेको छ ।
ठुला बिकासका आयोजनाहरुमा अनियमितताको आरोपले जनतामा वितृष्णा बढायो। लामो समयसम्म सरकारमा रहँदा पनि जनताका आधारभूत आवश्यकता ( रोजगारी ( शिक्षा, स्वास्थ्य र गरीबी ) निवारण पुरा गर्न नसक्नु कम्युनिस्ट पार्टीको अर्को असफलताको कारक बन्दै आयो । उनीहरूले ठुल ठुला नारा र आश्वासनदिए पनि ती आश्वासन ब्यवहारमा लागू हुन सकेनन् । क्रान्ति र जनयुद्धको पृष्ठभूमिबाट आएका कम्युनिस्ट माओवादी केन्द्रका नेताहरु सत्तामा पुगेपछि जनताबाट टाढिदै गएको आरोप लाग्ने गरेको छ। उनीहरूले जनतासँग सम्पर्क सम्बन्धलाई बेवास्ता गरे। नेपालको भुराजनितिक संवेदनशीलताका कारण वैदेशिक शक्तिहरुको हस्तक्षेप कम्युनिस्ट पार्टीको आन्तरिक राजनीतिमा पनि देखियो । जसले उनीहरुको निर्णय प्रकृयालाई प्रभावित गर्यो, र कमजोरी देखायो । यी कारणहरु नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले आफ्नो आचरण नसुधारे समाप्त हुन्छन् । हामीले राम राम मात्रै भन्ने हो, अब सधै काँध थाप्न सकिन्न।