Saturday, July 26, 2025
Date
शनि, साउन ११, २०८२
Sat, July 26, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

राष्ट्रिय योजना आयोगमार्फत ठूला आयोजनाहरुको अनुगमन गर्ने सरकारको तयारी

Sambridinews by Sambridinews
सोमवार, असार १८, २०८०
in FEATURED
0
राष्ट्रिय योजना आयोगमार्फत ठूला आयोजनाहरुको अनुगमन गर्ने सरकारको तयारी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । आगामी आर्थिक वर्ष २०८०/८१ मा सरकारले एक अर्बभन्दा बढी खर्च हुने आयोजना तथा कार्यक्रमहरुको अनुगमन विशेष समिति बनाएरै गर्ने भएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरुसहित सबै सरकारी निकायहरुसँग एक अर्बभन्दा बढी लागतका आयोजनाहरुको कार्यान्वयन योजना माग गरेको छ ।

मन्त्रालयहरुले दिएको कार्ययोजना मन्त्रिपरिषद्‍को कार्यालयअन्तर्गतको केन्द्रीय अनुगमन सूचना प्रणालीमा प्रविष्ट समेत गर्न थालिएको छ । असार मसान्तभित्र सबैको विवरण आएर प्रणालीमा लगत राख्ने काम सकिने छ ।

You might also like

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे

आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन कार्ययोजना असार मसान्तभित्र नै तर्जुमा गरेर कार्यान्वयन गर्ने घोषणा गरेको छ । बजेट कार्यान्वयनका लागि सबै मन्त्रालय र सरकारी निकायहरुले असारभित्रै सबै कार्यक्रम तथा आयोजनाहरु कार्यान्वयन गर्न कार्ययोजनाहरु बनाइरहेका छन् । मन्त्रालयहरुको एक अर्बमाथिको आयोजनाहरुको कार्यान्वयन योजना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश भइरहेका छन् ।

बजेटमा घोषणा भएअनुसार सबै मन्त्रालय र त्यसअन्तर्गतका निकायहरूले वार्षिक कार्ययोजना बनाएका छन् । ठूला योजना तथा कार्यक्रमको कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा पेश गर्ने काम भइरहेको जनाइएकाे छ ।

त्यसकै आधारमा राष्ट्रिय योजना आयोगमार्फत ठूला आयोजनाहरुको अनुगमन गर्ने सरकारको योजना छ । यस्ता कार्ययोजनाअनुसार काम भए/नभएको हेर्न राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा अनुगमन समिति बनाएर नियमित रिपोर्टिङ लिने योजना छ ।

प्रधानमन्त्री कार्यालयमै राष्ट्रिय गौरवका आयोजनाहरूको गतिविधि हेर्न सकिने एक्सन रूम रहेकाे छ ।

आयोजनाको अनुगमन प्रणालीमा सुधार गरी नतीजामा आधारित बनाउन भन्दै आगामी वर्षको बजेट वक्तव्यले एक अर्ब रुपैयाँभन्दा बढी रकम विनियोजन भएका कार्यक्रम र आयोजनाको कार्यान्वयनको अनुगमन गर्न योजना आयोगका सदस्यको नेतृत्वमा समिति बनाउने घोषणा गरेको थियो ।

आयोजनाको प्रभावकारिता अभिवृद्धि गर्न बनाउन लागिएको समितिमा अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयको पदाधिकारी रहेको समिति बनाउने जनाइएकाे छ ।

यस्तो अनुगमन समितिले दिएका सुझाव तथा मार्गदर्शनलाई एकीकृत अनुगमन सूचना प्रणालीमा आवद्ध गरी कार्यान्वयनको अनुगमन गर्ने योजना रहेकाे छ ।

Related

Previous Post

काेशी प्रदेशमा नेपाली कांग्रेसलाइ मुख्यमन्त्री बनाउने गठबन्धनकाे सहमति

Next Post

युक्रेनी राष्ट्रपतिको दाबी : युद्धमा बाग्नर समुहका २१ हजार सैनिक मारिए

Sambridinews

Sambridinews

Related Posts

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा
FEATURED

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे
FEATURED

पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण
FEATURED

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण

by Sambridinews
बिहिबार, साउन ९, २०८२
एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव
FEATURED

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव

by Sambridinews
बुधबार, साउन ८, २०८२
Next Post
युक्रेनी राष्ट्रपतिको दाबी : युद्धमा बाग्नर समुहका २१ हजार सैनिक मारिए

युक्रेनी राष्ट्रपतिको दाबी : युद्धमा बाग्नर समुहका २१ हजार सैनिक मारिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सरकारले बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रुपमा घोषणा गर्दै

फेरी देखियाे सुँगुर तथा बङ्गुर प्रजातिलाई लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’

शुक्रबार, माघ २६, २०८०
निफ्राले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा

निफ्राले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा

मङ्लबार, कार्तिक २१, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

शुक्रबार, साउन १०, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

शुक्रबार, साउन १०, २०८२
२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा
FEATURED

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

शुक्रबार, साउन १०, २०८२
विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी
TOP STORIES

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

शुक्रबार, साउन १०, २०८२
जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल
TOP STORIES

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

शुक्रबार, साउन १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.