काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको छलफल सकारात्मक भएको छ । दुवै पक्षबीच वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
प्रधानमन्त्रीको निर्देशमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव शंकरदास वैरागी र महावीर पुनको टोलीबीच रक्षा मन्त्रालयमा छलफल भएको थियो ।
छलफलपछि पुनले दुबैपक्षबाट बार्ता टोली गठन गरी भोलीसम्ममा आफुहरुले उठाएमा मागहरु सम्बोधन गर्न सरकार सकारात्म रहेको जनाए ।
आज बेलुका पाँच बजेभित्र टोली गठन गर्ने निर्णय भएको छ । आज भ्याइयो भने रातारात छलफल गर्ने, नभ्याए भोलिसम्म आन्दोलनका माग पूरा गर्ने निर्णय भएको छ,’ पुनले भने, ’छलफल एकदमै सकारात्मक छ । हामीले रक्षामन्त्रीसँग वार्ता गर्दागर्दै दुई पटक प्रधानमन्त्रीले फोन गर्नुभयो । अहिलेसम्म सकारात्मक छ । भोलि कागजमा कस्तो हुन्छ हेर्नुपर्छ ।