काठमाडाैं । रामेछापको मन्थली नगरपालिका स्थित कठजोर ठाँटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मन्थली नगरपालिका-३ को ऐरमवास देवी थान पूजाबाट फर्किँदै गरेको बा१६च ६४७६ नम्बरको जिप दुर्घटना हुँदा मन्थली नगरपालिका–२ का ६२ वर्षीय कृष्णनारायण श्रेष्ठ र १३ वर्षीया भूमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन्। घाइतेहरू सबैलाई उद्धार गरी उपचारका लागि मन्थली अस्पताल पठाइएको छ ।
दुर्घटना भएको बोलेरो सडकदेखि केही तल खसको बताइएकाे छ । पानी परेर सडक चिप्लो भएका कारण दुर्घटना भएको हुनसक्ने बताइएकाे छ ।