काठमाडौं । हकप्रद सेयर पारित गर्न युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा आज बस्दैछ । सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।
कम्पनीले हाल कायम १०० कित्ता बराबर १५ कित्ताका दरले हकप्रद सेयर निष्काशन भएको हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
सभामा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ २५ गते एक दिनका लागि बुकक्लोज गरिसकेको छ ।