काठमाडौं ।मंसिर २७ , अर्थमन्त्री डा. प्रकाश शरण महतले मौद्रिक नीतिले बैंक तथा वित्तीय क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताए ।
मौद्रिक नीतिको चौमासिक समीक्षाबाट मौद्रिक नीतिमा महत्वपूर्ण परिवर्तन भएको छ । मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशस् आर्थिक क्रियाकलापमा प्रतिबिम्वित हुँदै गएको मन्त्री महतले बताए । उनले घरजग्गा र सेयर कारोवार बढ्न शुरु भएको बताए । उनले भने,–‘घरजग्गा र सेयर कारोवार बढ्न शुरु भएको छ । हालै सेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको छ। हालै शेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको छ।’
नीति मार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कामय गरिएको छ। जसबाट ब्याजदर क्रमशस् घट्दै गएको मन्त्री महतले जानकारी गराए ।
उनले अर्थतन्त्रले निर्णायक मोड लिन्छ भन्ने यथेष्ट आधारहरू देखिएको दाबीसमेत गरेका छन् । “मौद्रिक नीतिमा सहज गर्न केही समय लाग्यो । तर हामीले धेरै छलफलबाट मौद्रिक नीतिमा सहजता प्रदान गर्न सकियो,” उनले भने, “ठेक्कापट्टामा पनि चाँडो गर्न कार्यविधि बनाइरहेका छौँ । अहिले अर्थतन्त्र सकारात्मक स्थितितर्फ उन्मुख छ ।”