Wednesday, July 16, 2025
Date
बुध, साउन १, २०८२
Wed, July 16, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

मिसन– २०२६ राखेपको मुख्य कार्यक्रम हो– सदस्य–सचिव घिसिङ

Sambridinews by Sambridinews
आइतवार, असार ३०, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
मिसन– २०२६ राखेपको मुख्य कार्यक्रम हो– सदस्य–सचिव घिसिङ
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

सेयर बजारमा उछाल नेप्से परिसूचक २८ सय विन्दु नजिक

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा

चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय


काठमाडौं, असार ३० , राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण राखेपको मुख्य कार्यक्रम भएको आइतबार बताएका छन् ।
राखेपले जापानमा हुने २० औं एसियाली खेलकुदलाई लक्षित गरी सञ्चालन गरेको मिसन– २०२६ अन्तर्गत आ.व. २०८०÷०८१ को राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सम्पन्न भएको जानकारी गराउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।
‘मिसन– २०२६ परिषद्को विभिन्न कार्यक्रम मध्येको मुख्य कार्यक्रम हो । अर्को आ.व. मा पनि यसलाई निरन्तरता दिइने छ । चाँडै प्रशिक्षण सुरु गर्छौं । त्यसै यसलाई म समापन भन्दिन । यो समिक्षा कार्यक्रम हो ।’ सदस्य–सचिव घिसिङले भने– ‘मैले सदस्य–सचिवको पदभार ग्रहण गरेकै दिन दुई वटा फाइल सदर गरेको थियो । पहिलो खेलकुद विमालेख कार्यन्वयनमा ल्याउने फाइल थियो । दोश्रो राष्ट्रिय टिमको तयारी नियमित र दीर्घायु रुपमा अगाडि बढाउनु पर्छ भन्ने थियो । यी दुवै योजना पूरा भएको छ ।’
सदस्य–सचिव घिसिङले राष्ट्रिय टिम तयारीका लागि प्रस्ताव गरेको भन्दा बजेट कम आएपनि चालू आ.व. को भन्दा बढी बजेट आएको जानकारी गराए ।
‘प्रशिक्षणका लागि बजेट कम भएपनि चालू आ.व. को तुलनामा यो पटक बढी बजेट विनियोजन भएको छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा फिजिकल फिट्नेस सेन्टर बनाउन यसै हप्तामा टेन्डर आह्वान हुँदैछ । यसका लागि ७ करोड बजेट विनियोजन भएको छ । यो मिसन– २०२६ कै लागि हो । त्यसैगरी वैज्ञानिक प्रशिक्षणलाई ध्यानमा राखी स्पोर्ट्स साइन्स ल्याबका लागि सामाग्री खरिद गर्न ४ करोड बजेट विनियोजन भएको छ । यो पनि मिसन– २०२६ कै लागि हो । अन्य शीर्षकबाट राष्ट्रिय टिम तयारीका लागि बजेट व्यवस्थापन गर्न सकिन्छ ।’
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सबै खेलाडी, प्रशिक्षक र संघका पदाधिकारीले २० औं एसियाली खेलकुदमा पदक नै अन्तिम लक्ष्य हो भनी अगाडि बढ्नु पर्ने  बताए ।
राखेपले २०८० साल माघ १५ देखि मिसन– २०२६ अन्तर्गत पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङलाई समावेश गरी राष्ट्रिय टिमको विशेष प्रशिक्षण सुरु गरेको थियो । दोश्रो चरणमा २०८१ साल जेठ ६ गतेदेखि महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स थप्दै खेल संख्या १० पु¥याइएको थियो । जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित मिसन– २०२६ को सुरुआत गरिएको हो । नेपाली खेलकुदको इतिहासमा कुनैपनि एसियाली खेलकुद सम्पन्न भएको लगत्तै आगामी संस्करणका लागि यति लामो समयको तयारी सुरु गरिएको पहिलो पटक हो ।
कार्यक्रममा राखेपका पूर्व सदस्य–सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, राखेपका सदस्य पेमा डोल्मा लामा, प्रकाशकुमार कुसारी, विना श्रेष्ठ, अञ्जना श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, विशेष प्रशिक्षणमा रहेका खेलका राष्ट्रिय संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।

Related

Previous Post

हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई यस वर्षको इन्स्योरेन्स एसिया अवार्ड्सकोदुईवटा अवार्ड्

Next Post

एमालेले लगायो मन्त्रीहरूको टुङ्गो

Sambridinews

Sambridinews

Related Posts

सेयर बजारमा एकाएक उछाल , लगानीकर्ताको मनोवल उच्च
FEATURED

सेयर बजारमा उछाल नेप्से परिसूचक २८ सय विन्दु नजिक

by Sambridinews
बुधबार, साउन १, २०८२
रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा
FEATURED

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा

by Sambridinews
बुधबार, साउन १, २०८२
चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय
FEATURED

चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय

by Sambridinews
बुधबार, साउन १, २०८२
नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा
TOP STORIES

नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा

by Sambridinews
बुधबार, साउन १, २०८२
फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता
TOP STORIES

फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

by Sambridinews
बुधबार, साउन १, २०८२
Next Post
एमालेले लगायो मन्त्रीहरूको टुङ्गो

एमालेले लगायो मन्त्रीहरूको टुङ्गो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

राखेपको वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ सम्मानित

राखेपको वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ सम्मानित

बिहिबार, चैत्र २२, २०८०
काठमाडाैं उपत्यका सहित देशका पहाडी भेगमा बर्षा

देशभर मनसुन सक्रिय : धेरै स्थानमा पानी पर्ने

शनिबार, असार ९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सेयर बजारमा एकाएक उछाल , लगानीकर्ताको मनोवल उच्च
FEATURED

सेयर बजारमा उछाल नेप्से परिसूचक २८ सय विन्दु नजिक

बुधबार, साउन १, २०८२
रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा
FEATURED

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा

बुधबार, साउन १, २०८२
चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय
FEATURED

चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय

बुधबार, साउन १, २०८२
नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा
TOP STORIES

नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा

बुधबार, साउन १, २०८२
फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता
TOP STORIES

फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

बुधबार, साउन १, २०८२
तानाशाही स्टालिन
TOP STORIES

तानाशाही स्टालिन

बुधबार, साउन १, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.