Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, August 22, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु

Sambridinews by Sambridinews
बुधबार, पुस ११, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

सरकारले लगानी गरेका खेल पूर्वाधारहरु बालुवामा पानी जस्तै भएको छ– मन्त्री लिम्बु
पोखरा, पौष ११। नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वुले खेलकुद क्षेत्रमा सरकारको लगानीमा रहेका धेरै पूर्वाधारहरु अधुरो रहेको जनाएका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा मंगलबारबाट सुरु भएको “२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” को उद्घाटनको क्रममा सो कुरा बताएका हुन् । सरकारले खेल पूर्वाधारहरुको निर्माणका लागि संघिय, स्थानिय, प्रदेश सरकार र निजी क्षेत्रको सहभागितामा प्रतिफल दिने गरी काम अघि बढाउने गरि आफूले समन्वय गरिरहेको बताए ।

संघिय सरकारले मात्रै देशभर रहेका खेल पूर्वाधारहरुको संरक्षण गर्न नसक्ने जनाउँदै मन्त्री लिम्वुले संघिय, प्रदेश र स्थानिय सरकारले कुन र कस्ता पूर्वाधारहरु कुन–कुन हुन सक्छन्, कुन तहले कुन खेल मैदानको जिम्मेवारी लिने त्यसको पहिचान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई अध्ययनका लागि निर्देशन दिएको उनले बताए । उनले भने–“सबैले जिम्मेवारीपूर्वक जवाफदेही ढङ्गबाट सुझाव दिन र प्रयाप्त मात्रामा खेल प्रशिक्षणस्थलहरुको निर्माण गरी तिनै तहको सरकारका विच समन्वय गर्ने गरि मन्त्रालय योजनावद्ध रुपमा अघि बढेको छ ।”
खेलाडीले भोगेका कठिनाईहरुलाई कम गर्दै लैजाने विषयमा समेत मन्त्रालयले गृहकार्य गरिरहेको जनाउँदै मन्त्री लिम्वुले भने–“अव जति खेलाडीहरुले समस्या भोग्नु भएको छ यहाँहरुले पाउनु पर्ने सेवा सुविधाका बारेमा नितिगत सुधार गर्दै सहजरुपमा सेवा सुविधा र पुरस्कारका रकम प्राप्त गर्न वातावरण बनिसेकेको छ । अव यहाँहरुलाई उच्च मनोबलका साथ खेल्न आग्रह गर्छु ।” खेलाडीहरुले खेलको माध्यमबाट संसारलाई जित्न सक्छौं भन्ने सन्देश दिइसकेको जनाउँदै त्यसका लागि खेलाडीहरुलाई प्रयाप्त सुविधा र अवसरहरुको खोजीका लागि मन्त्रालय प्रयत्नशिल रहेको उनको भनाई थियो ।
गण्डकी प्रदेशका सांसद प्रकाश बरालले कास्की टेनिसलाई सरकारले समेत उच्च प्राथमिकतामा राखी सम्मान गर्नु पर्ने जनाए ।
सो अबसरमा कास्की टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङ, गोरखा नेप्लिज टेनिस क्लब युकेका अध्यक्ष हर्कबहादुर गुरुङ, कास्की टेनिसका सचिव नविन श्रेष्ठले समेत आफ्ना भनाई राखेका थिए ।
यहि पौष १० गतेबाट १५ गते सम्म पोखरा रंगशालाको टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ १३ र पुरुषतर्फ २०३ गरी २१६ जना खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा भारत, यूके र बंगालादेशका खेलाडी समेतको सहभागिता रहने उपाध्यक्ष चालिसेले जानकारी दिए । उनले भने–“यो माछापुच्छ्रे टेनिस खेलको इतिहासमा नै सर्वाधिक सहभागिता हो । यसले खेलकुदमार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं ।”
प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ ।
प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
“२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” सम्पन्न गर्न करिव १९ लाख खर्च र २१ लाख आम्दानी हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले जानकारी दिएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा मात्रै करिव नगद रु ८ लाख खर्च हुने उनको भनाई छ । उनले यो प्रतियोगिताबाट करिव २ लाख बचत हुने जानकारी दिए ।
टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलका अनुसार प्रतियोगिता नेपालका नं १ देखि ८ नं सम्मका ¥याकिङ खेलाडीहरु मैदानमा उत्रिने छन् । नेपालका नं १ पुरुष तर्फ पोखराका प्रदिप खड्का र नं १ महिला खेलाडी अभिलाषा विष्टले सहभागिता जनाउने उनले जनाए । प्रतियोगितामा पहिलो चरणका खेलहरु सुरु भएका छन् ।

You might also like

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

कनेक्ट आइपीएसको नाउँमा ठगी प्रयास, शंकास्पद लिंक नखोल्न टेलिकमको आग्रह

Related

Previous Post

गोल्डेन गेट र बूढानीलकण्ठ च्याम्पियन

Next Post

४२ दिने शिशुको जन्मजातै हर्नियाको काठमाडौं मेडिकल कलेजमा सफलतापूर्वक शल्यक्रिया

Sambridinews

Sambridinews

Related Posts

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै
FEATURED

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै

by Sambridinews
बिहिबार, भदौ ५, २०८२
नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित
FEATURED

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

by Sambridinews
बिहिबार, भदौ ५, २०८२
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन
FEATURED

कनेक्ट आइपीएसको नाउँमा ठगी प्रयास, शंकास्पद लिंक नखोल्न टेलिकमको आग्रह

by Sambridinews
बिहिबार, भदौ ५, २०८२
निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा
FEATURED

निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा

by Sambridinews
बुधबार, भदौ ४, २०८२
नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन

by Sambridinews
मङ्लबार, भदौ ३, २०८२
Next Post
४२ दिने शिशुको जन्मजातै हर्नियाको काठमाडौं मेडिकल कलेजमा सफलतापूर्वक शल्यक्रिया

४२ दिने शिशुको जन्मजातै हर्नियाको काठमाडौं मेडिकल कलेजमा सफलतापूर्वक शल्यक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आजदेखि ३ महिना सरकारी कार्यालय दिउँसो ४ बजेसम्म मात्र खुल्ने

फागुन १ गते सार्वजनिक बिदा नरहेको गृहमन्त्रालयकाे प्रष्टिकरण

सोमवार, माघ २९, २०८०
आजकाे विदेशी मुद्राको विनिमय दर

निरन्तर घटिरहेछ अमेरिकि डलरकाे भाउ

बिहिबार, फाल्गुन २२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै
FEATURED

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै

बिहिबार, भदौ ५, २०८२
नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित
FEATURED

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

बिहिबार, भदौ ५, २०८२
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन
FEATURED

कनेक्ट आइपीएसको नाउँमा ठगी प्रयास, शंकास्पद लिंक नखोल्न टेलिकमको आग्रह

बिहिबार, भदौ ५, २०८२
निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा
FEATURED

निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा

बुधबार, भदौ ४, २०८२
नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन

मङ्लबार, भदौ ३, २०८२
वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)
FEATURED

वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)

मङ्लबार, भदौ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In