काठमाडौं । त्रिशुली नदीमा हाम फाल्ने सिन्धुलीका निर्मल कार्कीको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
बिहीबार त्रिशुली नदीमा हाम फालेका पच्च्सि बर्षिय निर्मल कार्कीको प्रहरीले उद्दार गरि उपचारका लागि ट्रमा सेन्टर कुरिनटारमा लगेकाे थियो ।
प्रहरीका अनुसार चितवनको फिस्लिङ र गोरखाको गण्डकी गाउँपालिका जोड्ने मोटरेबल पुलबाट कार्की त्रिशुलीमा हाम फालेका थिए । घटना बारे थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।