Saturday, July 26, 2025
Date
शनि, साउन ११, २०८२
Sat, July 26, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home राजनीति

प्रधानमन्त्रीमा खड्ग ओलीको दाबी ; आइतबार नयाँ सरकार गठन हुने

Sambridinews by Sambridinews
शनिबार, असार २९, २०८१
in राजनीति
0
पत्रकारलाई केपी ओलीको जवाफ ; ‘टोपबहादुरलाइ तपाइ खोज्नुस न ‘
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असार २९, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर शीतल निवास पुगी प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७८ गरी १६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । एमालेका ७९ मध्ये एक सांसद निलम्बित छन् । ७८ मध्ये गणनामा १ सिट सभामुखको पनि गनिएको छ । शीतल निवास स्रोतका अनुसार आइतबार प्रधानमन्त्रीमा ओली नियुक्ति हुनेछन् भने साँझ शपथग्रहण हुनेछ । शपथसँगै कांग्रेस–एमालेले सानो मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

You might also like

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

पार्टी नीति, सिद्धान्त, विचार र कार्यक्रमले चल्छ : भण्डारी

‘भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरियोस्’ सांसद भगबती चौधरी

यता कामचलाउ हैसियतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल भने शुक्रबार नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर खुमलटार सरेका छन् । राष्ट्रपति पौडेलले सरकार निर्माणका लागि तीन दिनको समयसीमा तोकेर दाबी पेस गर्न आह्वान गरेपछि कांग्रेस र एमालेका बहुमत सांसदको हस्ताक्षरसहित ओली सहयोगी दलका नेतासहित प्रधानमन्त्रीको दाबी पेस गर्न सवा ९ बजे शीतल निवास पुगेका गरेका थिए ।

शीतल निवासमा दाबी पेस गर्न ओलीका साथमा कांग्रेस सभापति शेरबहादुर देउवासँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्का उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए ।

अन्य दलका नेताहरूको उपस्थिति भने थिएन । तर कांग्रेस र एमाले समीकरणलाई दुई दलबाहेक जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीले समेत समर्थन जनाएका छन् । कांग्रेस एमालेले समर्थन जनाउने पाँचै दललाई सरकारमै सहभागी गराउने तय गरेर प्रत्येक दललाई एक/एक मन्त्रालय दिने समझदारी गरिसकेका छन् । कांग्रेस र एमालेसहित सात दल सहभागी हुँदा सरकारको पक्षमा दुई तिहाइभन्दा बढीको समर्थन पुग्छ ।

दुई दलबीच असार १७ गते संसद्को साढे तीन वर्षको कार्यकालमध्ये दुई वर्ष ओलीले र बाँकी डेढ वर्ष कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व लिने गरी सातबुँदे समझदारी गरेका थिए । त्यसपछि सरकारको विपक्षीमा दुई तिहाइ बढी सदस्य हुँदा पनि दाहालले सरकार निर्माणको प्रक्रियालाई जटिल मोडमा धकेल्ने प्रयासस्वरूप राजीनामा नदिएर संसद्मा विश्वासको मतको सामना गरेका थिए ।

संविधानको धारा ७६(२) बमोजिमको प्रधानमन्त्रीले विश्वासको मत गुमाउँदा नयाँ सरकार गठन सोही प्रक्रियामा नफर्कने र संविधानको धारा ७६(३) आकर्षित हुने दाहालले तर्क गर्दै आएका थिए । उनले संसद्मा अविश्वासको मत गुमाएलगत्तै राष्ट्रपति पौडेललाई भेटेर पनि यसबारे स्मरण गराएर फर्केका थिए । राष्ट्रपतिलाई भेटेर सिधै खुमलटार पुगेका दाहालले त्यहाँ पनि आफूले विश्वासको मत नपाएपछि सरकार निर्माणमा जटिलता बढेको प्रतिक्रिया दिएका थिए । सरकार गठन कुन धाराबाट गर्ने भन्ने अधिकार राष्ट्रपतिको हातमा पुगेको भन्दै धारा ७६(३) अनुसार ठूलो दलको हैसियतले अल्पमतको सरकार बन्ने दाबी उनको थियो ।

‘

Related

Previous Post

दक्षिणकालीमा गुम्बाको पर्खाल भत्किँदा एक नाबालिकाको मृत्यु

Next Post

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

Sambridinews

Sambridinews

Related Posts

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने
FEATURED

एमाले केन्द्रीय कमिटीको निष्कर्ष : पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने

by Sambridinews
बुधबार, साउन ८, २०८२
पार्टी नीति, सिद्धान्त, विचार र कार्यक्रमले चल्छ : भण्डारी
FEATURED

पार्टी नीति, सिद्धान्त, विचार र कार्यक्रमले चल्छ : भण्डारी

by Sambridinews
मङ्लबार, असार ३१, २०८२
‘भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरियोस्’ सांसद भगबती चौधरी
TOP STORIES

‘भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरियोस्’ सांसद भगबती चौधरी

by Sambridinews
मङ्लबार, असार ३१, २०८२
पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने  निर्णय
FEATURED

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय

by Sambridinews
मङ्लबार, असार १७, २०८२
प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका
FEATURED

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

by Sambridinews
शनिबार, असार १४, २०८२
Next Post
नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

शुक्रबार, साउन १०, २०८२
काभा यू–२० महिला भलिबल: नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्ने

काभा यू–२० महिला भलिबल: नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्ने

आइतवार, साउन ६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

शुक्रबार, साउन १०, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

शुक्रबार, साउन १०, २०८२
२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा
FEATURED

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

शुक्रबार, साउन १०, २०८२
विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी
TOP STORIES

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

शुक्रबार, साउन १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.