भक्तपुर । प्रथम सुर्यविनायक कृषि संस्कृतिक तथा व्यापार महोत्सव २०८१ सुभारम्भ भएको छ ।
सुर्यविनायक ३, बालकोटस्थित हनुमन्ते खोला करिडोरमा सुरु भएको महोत्सव बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शुक्रबार उद्घाटन गरेका छन् ।
महोत्सव उद्घाटन गर्दै लामाले स्थानीय कृषि उत्पादन तथा व्यापार व्यवसाय प्रवद्र्धनमा लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । कृषक उत्पादन तथा व्यवसाय प्रवद्र्धन गर्न प्रदेश सरकारले विभिन्न नीति लिएको भन्दै महोत्सव लगायतका गतिविधिले टेवा पुग्नेमा मन्त्री लामाले जोड दिए ।
महोत्सवमा स्थानीय कृषि उपजहरु तरकारी फलफूल तथा लुगाफाटो साथै विभिन्न परिकार लगायतका स्टलहरु राखिएको छ । मंसिर २२ गतेसम्म चल्लने महोत्सवमा चर्चित गायक गायीकाहरुको प्रस्तुती समेत रहेको छ ।