काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजकिय सम्मानका साथ शवको अन्त्यष्टि गर्नुका साथै एक दिन शोक विदा दिने निर्णय गरेको थियो ।
नेम्वाङका हृदय घातबाट मंगलबार बिहान करिव १ ३० आफ्नै निवासको शौचालयमाअचेत अवस्थामा भेटिएका थिए । परिवारले अस्पताल पुर्यायलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए ।