काठमाडौं । मंसिर २४, मध्यपहाडी लोकमार्गमा जारी नेकपा एमालेको महाकाली मेची संकल्प यात्रा नुवाकोट आइपुगेको छ।
मंसिर १४ बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा आज नुवाकोट आइपुगेको हो।
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको यात्रा मध्यविन्दु पार गरी शनिबार राति ९ बजेर ४० मिनेटमा नुवाकोटको बट्टार आइपुगेको हो।
राति करिब १० बजे सुरु भएको सभालाई एमाले अध्यक्ष ओलीले सम्बोधन गरेका छन्।
नुवाकोट मध्यपहाडी राजमार्गको मध्यविन्दु मानिएको छ। कुल १ हजार ८ सय ७९ किलोमिटर लामो यो राजमार्गको आधा भाग नुवाकोटबाट पूर्व पर्छ भने आधा भाग पश्चितर्फ।
एमालेका नेता, कार्यकर्ता तथा समर्थकहरू बिहानैदेखि यात्रा टोलीको स्वागतमा प्रतीक्षारत थिए। राति भइसक्दा पनि ठूलो उपस्थितिबाट एमाले नेतृत्व उत्साहित देखिएको छ। त्यहाँ अध्यक्ष ओलीलाई भव्य स्वागत गरिएको थियो।
एमाले महासचिव शंकर पोखरेलले सभाका तस्बिर फेसबुकमा राखेर लेखेका छन्, ुबेजोड धैर्य, अभूतपूर्व सहभागिता र भविष्यप्रतिको भरोसा। नेतृत्वप्रति असीम विश्वास। बधाई छ राति ९.४० बजे कार्यक्रममा सहभागी सबैलाई………
यात्रा ताप्लेजुङको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ। यसअघि एमालेले संगठनलाई चलायमान बनाउने उद्देश्यले मिसन ग्रासरुट अभियान सञ्चालन गरेको थियो।