प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण गरेर मिचिएको संविधानलाई ट्र्याकमा ल्याएकाे बताएका छन् ।
‘भोलि राष्ट्रपतिमा पठायौँ फेरि होल्ड भयो भने के हुन्छ हालत ? प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पास गर्यो अर्को राष्ट्रपतिले पनि होल्ड गरे के हुन्छ ? नजिर के बस्छ ? राष्ट्रपतिलाई मन लागे गर्ने नलागे नगर्ने, लोकतन्त्रमाथि घात हुनेभयो,’ प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले सरकारले विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस नगरेको अनुरोध गरेको बताए । संविधानलाई ट्र्याकमा ल्याइएको बताए । ‘संविधान ट्र्याकमा आयो भन्ने बुझाइ छ,’ उनले भने, ‘संविधानाको रक्षा गर्ने यो भन्दा अर्को विधि अर्को देखिएन ।’