Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 21, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ठूला पूर्वाधार आयोजना निर्माणको काममा सरकारको प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

Sambridinews by Sambridinews
बिहिबार, पुस १९, २०८०
in FEATURED, TOP STORIES, अर्थ, राजनीति, समाचार
0
ठूला पूर्वाधार आयोजना निर्माणको काममा सरकारको प्राथमिकतामा : प्रधानमन्त्री दाहाल
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। पुष १८,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले ठूला पूर्वाधार आयोजना निर्माणको काम सरकारको प्राथमिकतामा रहेको बताएका छन । नेपाल इन्जिनियर्स एशोसियशनको १६औँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन सत्रमा बोल्दै उनले आधुनिक विकासको मुख्य प्राथमिकता पूर्वाधार क्षेत्रमा हुनुपर्ने बताए।

प्रधानमन्त्री दाहालले सडक, लोकमार्ग, ऊर्जा, विद्युत्, सञ्चार, विमानस्थल, सिँचाइ, खानेपानी तथा ढल निकासका ठूला परियोजना गुणस्तरीय निर्माणद्वारा तोकिएकै समयमा सम्पन्न गर्नसके मात्र आर्थिक विकासको ढोका खुल्ने बताए। पूर्वाधार निर्माणका काममा सुस्तता हुँदा मुलुकको समग्र विकास र आर्थिक समृद्धिको काम पनि सुस्ताउने भएकाले समयमै काम सकेर लाभ लिने गरी ठूला आयोजना निर्माण गरिनुपर्नेमा उनले जोड दिए।

You might also like

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

कनेक्ट आइपीएसको नाउँमा ठगी प्रयास, शंकास्पद लिंक नखोल्न टेलिकमको आग्रह

“ठूला पूर्वाधारको अभावमा राज्यको ठूलो हिस्सा विकासको प्रतिफलबाट टाढा छ। विकास निर्माण गर्नु भनेको लामो तर जटिल प्रक्रिया हो । यसले समान्य रुपमा गति लिन सक्यो भने कुनै पनि आयोजना तोकिएको अवधिभित्र सम्पन्न गर्न सकिन्छ”, प्रधानमन्त्री दाहालले भने, “अनावश्यक विवाद र झमेलाका कारण विलम्ब भइदिँदा समय सीमाभित्र सम्पन्न हुन नसकेका विकास आयोजनामा लागत बढ्दै जाने र राज्यलाई थप आर्थिक भार पर्न गएको अवस्था अहिले देखिन्छ ।”

दश हजार आठ सय मेगावाट विद्युत् उत्पादन क्षमताको कर्णाली चिसापानी, चार सय केभी क्षमताका प्रशारण निर्माणलाई सरकारले महत्वका साथ अघि बढाइरहेको प्रधानमन्त्री दाहालको भनाइ छ । विकास निर्माणका काममा अहिले देखिएका विभिन्न खालका कठिनाइलाई चिर्दै अब्बल व्यवस्थापकीय ढङ्गबाट आफ्नो ज्ञान र सीपको सदुपयोग गरेर समयमै परिणाम निकाल्न सकिएमा मात्र जनताको मुहारमा खुसी ल्याउन सकिने उनले बताए। इन्जिनियर्सको क्षमता अभिवृद्धि, पेसागत विकास तथा उन्नयनका लागि इन्जिनियर्स स्टाफ कलेज स्थापना गर्ने विषयमा सरकार सकारात्मक रहेको प्रधानमन्त्री दाहालले बताए।

प्रधानमन्त्रीका रुपमा आफ्नो तेस्रो कार्यकालको पहिलो वर्षमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति दिलाउने र अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै अगाडि बढिरहेको उल्लेख गरे । नेपाल सङ्क्रमणकाल पार गरी अब स्थायित्वतर्फ अग्रसर भएको उल्लेख गदै प्रधानमन्त्री दाहालले राजनीतिक दलले नागरिकसँग गरेका प्रतिबद्धता र वाचा पूरा गर्ने चुनौतीपूर्ण अवसर आफूले प्राप्त गरेकोसमेत बताए।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विकास निर्माणका काममा सबै पक्ष र सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्ने बताए। उक्त सम्मेलनबाट एशोसियशनले दिएका सुझावलाई सरकारले ग्रहण गर्ने र उपयुक्त सुझाव कार्यान्वयनका लागि पहल गर्ने उनले विश्वास दिलाए।

“पूर्वाधारबाट देश विकास सम्भव छ । त्यसका लागि हामी सबै उत्प्रेरित भएर, जिम्मेवार भएर काम गरौँ । राष्ट्र निर्माणमा के–कस्ता नीति, योजना र मार्गदर्शन बनाउनुपर्छ त्यसको मार्गदर्शनका लागि सबैपक्षसँग सरकारका तर्फबाट अनुरोध गर्दछु”, उनले भने। रोजगारी, वृत्ति विकास, न्यूनतम पारिश्रमिक कार्यान्वयनलगायत विषयमा सरकार गम्भीर रहेको मन्त्री ज्वालाले स्पष्ट पारे। नेपालको जनशक्ति विदेश पलायन हुने समस्या बढ्दै गएको उल्लेख गर्नुहुँदै मन्त्री ज्वालाले नेपालभित्रै सम्भावना खोज्न पनि आग्रह गरे।

Related

Previous Post

ग्लोबल आइएमई बैंकले १७औँ वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति प्रदान

Next Post

सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि आईपीओ निष्कासन गर्दै

Sambridinews

Sambridinews

Related Posts

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै
FEATURED

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै

by Sambridinews
बिहिबार, भदौ ५, २०८२
नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित
FEATURED

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

by Sambridinews
बिहिबार, भदौ ५, २०८२
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन
FEATURED

कनेक्ट आइपीएसको नाउँमा ठगी प्रयास, शंकास्पद लिंक नखोल्न टेलिकमको आग्रह

by Sambridinews
बिहिबार, भदौ ५, २०८२
निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा
FEATURED

निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा

by Sambridinews
बुधबार, भदौ ४, २०८२
नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन

by Sambridinews
मङ्लबार, भदौ ३, २०८२
Next Post
सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि आईपीओ निष्कासन गर्दै

सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि आईपीओ निष्कासन गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आजको मौसम

आगामी तीन दिन आकस्मिक बर्षाको सम्भावना

बिहिबार, अशोज ४, २०८०
मनीताले पेरिस ओलम्पिक खेल्ने

मनीताले पेरिस ओलम्पिक खेल्ने

बुधबार, असार १२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै
FEATURED

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै

बिहिबार, भदौ ५, २०८२
नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित
FEATURED

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

बिहिबार, भदौ ५, २०८२
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन
FEATURED

कनेक्ट आइपीएसको नाउँमा ठगी प्रयास, शंकास्पद लिंक नखोल्न टेलिकमको आग्रह

बिहिबार, भदौ ५, २०८२
निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा
FEATURED

निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा

बुधबार, भदौ ४, २०८२
नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन

मङ्लबार, भदौ ३, २०८२
वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)
FEATURED

वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)

मङ्लबार, भदौ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In