काठमाडौं । सक्तिशाली भुकम्पका कारण टर्कीमा करिव पन्द्रसय र सिरियामा आठसय १० जनाको ज्यान गएको बीबीसी अंग्रेजीले जनाएको छ ।
अमेरिकी भुगर्व अनुसन्धान संस्थाका अनुसार टर्की र सिरियाको सिमानामा ७.८ रेक्टर स्केलको भुकम्प गएको जनाएको छ ।
स्थानीय समय अनुसार विहान ४ बजेर १७ मिनेटमा गएको भुकम्पको केन्द्रविन्दु जमिन सतहबाट १८ किलोमिटर टाढा रहेको जनाइएको छ ।
भुकम्पको धक्काबाट टर्कीका भवनहरु ढलेको भडियो सार्वजनिक भएका छन् । टर्कीको इतिहासमा ८४ बर्षपछिको सबैभन्दा ठुलो प्राकृतिक विपत्ति भएको जनाइएको छ ।
भुकम्पपछि टर्कीमा रेडक्रस लगायतका संस्थाले रक्त अभाव हुननदिन रक्त दान लगायतका अभियान चलाएको छ ।
रुसले टर्की र सिरियामा सहायतका लागि अनुमति मागेको छ । यूरोपियन यूनियन, यूरोपेली देश र अमेरिकाले राहत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छन् ।
भुकम्प प्रभावित क्षेत्रमा हाल विद्युत अपूर्ति बन्द भएको छ भने स्कुल तथा कलेजहरु केही दिन बन्द हुने जनाइएको छ ।