Wednesday, July 16, 2025
Date
बुध, साउन १, २०८२
Wed, July 16, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home अर्थ

चीनिया अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता गर्न आदेश 

Sambridinews by Sambridinews
मङ्लबार, साउन १७, २०७९
in अर्थ
0
चीनिया अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता गर्न आदेश 
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

साउन १७, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीमा फसेको पैसा हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बिओके)ले फिर्ता पाउने भएका छन् ।

चीनको हेनान प्राप्तको अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता गर्न आदेश दिएको हो ।

You might also like

सेयर बजारमा उछाल नेप्से परिसूचक २८ सय विन्दु नजिक

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा

फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा चीनको चाइना रेल्वेले पाएको थियो । जसको ग्यारेन्टी चीनको चाइना कन्सट्रक्सन बैंकले ग्यारेन्टी दिएको थियो । त्यसको काउन्टर ग्यारेन्टी नेपालका हिमालयन बैंक र बिओके बसेका थिए ।

चाइना रेल्वेले सम्झौताअनुसार मेलम्ची खानेपानी आयोजनाको काम गर्न नसकेपछि त्यसको ठेक्का रद्द भएको थियो । मेलम्ची खानेपानी आयोजनाले ग्यारेन्टीवापतको रकम नेपाली बैंकले पाएका थिएनन् ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले चीनको उच्च अदालतबाट मुद्दा जितेको जानकारी दिए ।

‘हामीले चीनमा तल्लो तहबाट नै काउन्टर ग्यारेन्टीवापतको पैसा फिर्ता पाउनको लागि मुद्दा जितेका थियौं, सोमबारमात्रै माथिल्लो अदालतबाट समेत जितेका छौं, अब पैसा फिर्ता आउने छ,’ राणाले भने ।

यो फैसलासंगै बैंकले काउन्टर ग्यारेन्टीवापतका मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६६ लाख २५ हजार १० र युरो १४ लाख ११ हजार ४५३ वापतको रकम बैंक अफ काठमाण्डू लिमिटेडले फिर्ता पाउने भएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिए ।

हिमालयन बैंकले भने ६६ लाख डलर ग्यारेन्टी दिएको थियो । चाइना रेल्वेले मेलम्चीसँगको २०६९ मा तोडेपछि राष्ट्र बैंकले हिमालयन तथा बिओकेबाट पैसा ‘एअरमार्क’ गरेर राखेको थियो ।

चाइना रेलवे १५ ब्युरोले ठेक्का तोडेपछि मेलम्ची आयोजनाले काठमाडौं जिल्ला अदालतमा ग्यारेन्टी रकमको दाबी गर्दै हिमालयन तथा बिओकलाई बिपक्षी बनाएर मुद्दा दायर गरेको थियो ।

राष्ट्र बैंकले हिमालयन र बिओकेको एअरमार्क गरेर राखेको पैसा भने मेलम्ची खानेपानी आयोजनालाई फिर्ता दिएको थियो ।

दुबै बैंकले आफ्नो नाफाबाट उक्त रकम आयोजनालाई भुक्तानी गरिसकेका छन् ।

Related

Previous Post

खोटाङ भुकम्प अपडेट

Next Post

इरानमा बाढीका कारण मृत्यु हुनेको संख्या ७६ पुग्यो

Sambridinews

Sambridinews

Related Posts

सेयर बजारमा एकाएक उछाल , लगानीकर्ताको मनोवल उच्च
FEATURED

सेयर बजारमा उछाल नेप्से परिसूचक २८ सय विन्दु नजिक

by Sambridinews
बुधबार, साउन १, २०८२
रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा
FEATURED

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा

by Sambridinews
बुधबार, साउन १, २०८२
फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता
TOP STORIES

फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

by Sambridinews
बुधबार, साउन १, २०८२
ईमेज च्यानलमा नयाँ ब्यवस्थापन
TOP STORIES

ईमेज च्यानलमा नयाँ ब्यवस्थापन

by Sambridinews
मङ्लबार, असार ३१, २०८२
जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीमा उपलब्ध
TOP STORIES

जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीमा उपलब्ध

by Sambridinews
मङ्लबार, असार ३१, २०८२
Next Post
इरानमा बाढीका कारण मृत्यु हुनेको संख्या ७६ पुग्यो

इरानमा बाढीका कारण मृत्यु हुनेको संख्या ७६ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेकपा एमालेबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी

नेकपा एमालेबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी

शनिबार, फाल्गुन १३, २०७९
रोहितकुमार पौडेल नेपाली क्रिकेट टिमकाे कप्तान नियुक्त

रोहितकुमार पौडेल नेपाली क्रिकेट टिमकाे कप्तान नियुक्त

शनिबार, कार्तिक २६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सेयर बजारमा एकाएक उछाल , लगानीकर्ताको मनोवल उच्च
FEATURED

सेयर बजारमा उछाल नेप्से परिसूचक २८ सय विन्दु नजिक

बुधबार, साउन १, २०८२
रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा
FEATURED

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा

बुधबार, साउन १, २०८२
चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय
FEATURED

चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय

बुधबार, साउन १, २०८२
नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा
TOP STORIES

नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा

बुधबार, साउन १, २०८२
फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता
TOP STORIES

फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

बुधबार, साउन १, २०८२
तानाशाही स्टालिन
TOP STORIES

तानाशाही स्टालिन

बुधबार, साउन १, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.