Thursday, June 12, 2025
Date
बिहि, जेष्ठ ३०, २०८२
Thu, June 12, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

चिकित्सा शिक्षा आयोगकाे परीक्षा दिन नपाउने विद्यार्थीहरूको पैसा फिर्ता हुने

Sambridinews by Sambridinews
बुधबार, साउन ३०, २०८१
in FEATURED, शिक्षा
0
चिकित्सा शिक्षा आयोगकाे परीक्षा दिन नपाउने विद्यार्थीहरूको पैसा फिर्ता हुने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा दिन नपाउने विद्यार्थीहरूको पैसा फिर्ता गर्ने भएको छ । कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फाराम भरेको र नतिजामा नन ग्रेडेड (एनजी) आएका विद्यार्थीहरूले तिरेको शुल्क फिर्ता गर्ने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा आयोगले एनजी आएर आयोगको परीक्षा दिन नपाउने विद्यार्थीले तिरेको आवेदन शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो । सोही आधारमा आयोगले एनजी आएर प्रवेश परीक्षा दिनबाट वञ्चित हुने विद्यार्थीको आवेदन शुल्क फिर्ता गर्न लागेको आयोगले जनाएकाे छ ।

You might also like

नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरु

चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै नाडा

नियामक निकाय छलेर अदालतमा मुद्दा ; समाचार हटाउन अन्तरिम आदेश

भदौ १ गतेदेखि आयोगले दिने एकीकृत प्रवेश परीक्षा हुँदैछ । त्यसका लागि गत जेठ २८ गते नै सूचना जारी गरेको परीक्षाका लागि आवेदन आह्वान गरेको थियो । त्यसमा ५१ हजार ७०० विद्यार्थीले आवेदन फारम भरेका थिए । तीमध्ये दुई हजारभन्दा बढी विद्यार्थीको कक्षा १२ को नतिजा एनजी आएको देखिएको थियो । नतिजा एनजी आएका विद्यार्थीहरूले प्रवेश परीक्षा दिन नपाउने आयोगले जनाएको छ ।

त्यस्तै पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीहरूले समेत उक्त परीक्षा दिन नपाउने देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले पुनर्योगको नतिजा प्रकाशनमा ढिलाइ गर्दा उनीहरू यो अवसरबाट वञ्चित हुन लागेका हुन् ।

बोर्डले साउन १८ गते कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो । त्यसपछि नतिजा एनजी आएका र आयोगको फाराम भरेका विद्यार्थीहरू अन्योलमा परेका थिए । आयोगले समेत उनीहरूले परीक्षा दिन नपाउने भएपछि तिरेको शुल्क के गर्ने भन्ने विषयमा निर्णय गर्न सकेको थिएन ।

नतिजा एनजी आएर परीक्षा दिन नपाएका विद्यार्थीको मात्रै आवेदन शुल्क फिर्ता गरिने बताइएकाे छ । ती बाहेक परीक्षामा अनुपस्थित हुने विद्यार्थीको हकमा भने पैसा फिर्ता नगरिने उनको भनाइ छ ।

आयोगले आवेदन आह्वान गर्ने बेलामै पछि आवेदन शुल्क फिर्ता नगर्ने उल्लेख गरेको थियो । आयोगले एक विषयका लागि आवेदन दिँदा नेपाली विद्यार्थीको हकमा चार हजार रुपैयाँ शुल्क र विदेशी विद्यार्थीको हकमा आठ हजार शुल्क तोकेको थियो ।

आयोगले प्रवेश परीक्षाका लागि आवेदन दिँदा न्यूनतम २.४ जीपीए र कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख थियो । एनजी आएका विद्यार्थीहरूको हकमा परीक्षामा सहभागी गराउन नसकिने आयोगले जनाएको छ ।

आयोगले भदौ १ गतेदेखि एकीकृत प्रवेश परीक्षाको मिति तय गरेको छ । सोही मितिमा परीक्षा सञ्चालन गरिने र त्यसको आवश्यक तयारी पुरा भइसकेको आयोगले जनाएकाे छ ।

Related

Previous Post

ललितपुरको इमाडोलमा भित्री सडक भासियाे

Next Post

रास्वपाले मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाउदै

Sambridinews

Sambridinews

Related Posts

नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरु
FEATURED

नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरु

by Sambridinews
बिहिबार, जेष्ठ ३०, २०८२
चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै नाडा
FEATURED

चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै नाडा

by Sambridinews
बुधबार, जेष्ठ २९, २०८२
नियामक निकाय छलेर अदालतमा मुद्दा ; समाचार हटाउन अन्तरिम आदेश
FEATURED

नियामक निकाय छलेर अदालतमा मुद्दा ; समाचार हटाउन अन्तरिम आदेश

by Sambridinews
बुधबार, जेष्ठ २९, २०८२
सेयर बजारमा उत्साह, काराेबार १० अर्ब नाघ्याे
FEATURED

सेयर बजारमा उत्साह, काराेबार १० अर्ब नाघ्याे

by Sambridinews
मङ्लबार, जेष्ठ २८, २०८२
नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर
FEATURED

नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर

by Sambridinews
मङ्लबार, जेष्ठ २८, २०८२
Next Post
रास्वपाले मुकुल ढकाललाई पार्टीकाे सबै जिम्मेवारीबाट हटाउने निर्णय

रास्वपाले मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाउदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

मङ्लबार, अशोज १६, २०८०
निकालोस चाउचेस्कुबाट किन शिक्षा लिदैनन् नेपालका कम्युनिष्टहरु ?

निकालोस चाउचेस्कुबाट किन शिक्षा लिदैनन् नेपालका कम्युनिष्टहरु ?

मङ्लबार, जेष्ठ २८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरु
FEATURED

नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरु

बिहिबार, जेष्ठ ३०, २०८२
पुरुषोत्तम सिलवालले चेसमा जिते अन्तर्राष्ट्रिय रजत पदक
TOP STORIES

पुरुषोत्तम सिलवालले चेसमा जिते अन्तर्राष्ट्रिय रजत पदक

बुधबार, जेष्ठ २९, २०८२
चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै नाडा
FEATURED

चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै नाडा

बुधबार, जेष्ठ २९, २०८२
सुचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
TOP STORIES

सुचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

बुधबार, जेष्ठ २९, २०८२
श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासंघले कानुनी प्रक्रियाबाट अगाडि बढाउने
TOP STORIES

दुइ सञ्चारमाध्यम विरूद्ध जारी अन्तरिम आदेश पुनर्विचार नगरे अदालती प्रकृयामा जाने पत्रकार महासंघकाे भनाइ

बुधबार, जेष्ठ २९, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

बुधबार, जेष्ठ २९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.