काठमाडौं । रास्व पाटिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको सर्मथन कायम राख्दै सरकारबाट मन्त्रीहरु फिर्ता बोलाएको छ । आइतबार पाटिको केन्द्रीय समितिको बैठक पश्चात साँझ मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाइ राजिनामा पत्र बुझाएका छन् ।
आइतबार दिनभरी बसेको पाटिको केन्द्रीय समितिको बैठकको निर्णय प्रस्तुत गर्दै रवि लामिछानेले केही सञ्चारमाध्यम आफ्नो विरोधमा खुलेर लागेको भन्दै त्यसको विरोध गरे ।
एकघण्टा पैताली मिनेट भन्दा वढिको पत्रकार सम्मेलनका क्रममा उनले “बाह्भाइ सम्पादक” ले सल्लाह गरेरै आफ्नो विरोधमा अदालतला प्रवेश गरेको विषयमा निरन्तर समाचार लेखेको भन्दै आपत्ति जनाए ।
उनले केही सम्पादक तथा सञ्चालकको नामै किटानगरि उनिहरुले सञ्चारमाध्यमको नाम भजाएर कैयौ घटना र विषयमा व्यक्तिगत लाभ लिनेगरेकाे समेत बताए ।
पत्रकारमाझ पूर्व सञ्चारकर्मी तथा पूर्व गृहमन्त्री लामिछानेले एकैपट मन्त्री, सांसद, पाटिको हैसियत र राष्ट्रियता नै गुमेपछि, अलिअलि आक्रोश त हुन्छ नी भन्दै आफ्नो अधिकांश समय बाह्भाइ सम्पाकप्रति आक्रोश पोखे ।
‘म देशका लागि केही गर्छु भनेर अमेरिकामा प्राप्त सुविधा, व्यापार व्यवसाय त्यागेर नेपाल आउदा म माथि अपमान भएको छ । मेरो र देशको पहिचाका लागि केही गरौ भनेर गिनिज बुक अफ वल्ड रेकर्ड गर्दा विदेशी सञ्चारमाध्यमले ठुलो स्थान दिए तर नेपाली सञ्चारमाध्यमले त्यसलाई महत्व दिएनन’ ।
रविले अधिकांश समय सम्पादक र सञ्चालकको विरोध गर्दै भने ‘मेरो विषयमा कन्फिक्ट अफ इन्ट्रेस्ट लाग्ने तर सञ्चार मालिकका विषयमा नलाग्ने ? भन्दै प्रतिप्रश्न गरे । उनले कान्तिपुर मिडियाका मालिकका छोराले जाड खाएर माइतिघरमा कार पल्टाउदा अस्पतालमा नक्कली विरामी खडा गरेको र प्रहरीले अभिलेख नराखेको बताए । उनले सम्पादक र सञ्चारमाध्यका मालिकहरुले सञ्चारमाध्यमको शक्तिको दुरुपयोग गर्दै अनुचित लाभ लिने गरेको बताए । उनले केही सम्पादले जाडका तालमा आफुलाई लाभ हुने विषयबस्तु छनौट गरी सञ्चारमाध्यमबाट सम्प्रेशण गर्नेगरेको बताए ।
यसैविच नेपाल पत्रकार महासंघले रवि लामिछानेले दिएको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । महासंघले नेपाली सञ्चारमाध्यमप्रति आधारहीन र पूर्वाग्राही आरोप लगाउदै धम्किपूर्ण कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति गम्भीर प्रहार भएको जनाएको छ ।
नागरिकता विवादका कारण मन्त्री, सांसद र पाटिको अध्यक्ष पदसमेत गुमाएका रवि लामिछानेले नागरिकता पुन प्राप्त गरेसंगै सहमति अनुसारको गृहमन्त्रालय आफुले पाउनुपर्ने अडान लिदै आएका थिए ।
उनले नागरिकता पुन प्राप्त गरेसंगै प्रधानमन्त्रीलाई भेटेर गृहमन्त्रीका ताकेता गर्दै आएका थिए । माओबादी भित्र गैर सांसद रविलाई गृहमन्त्री बनाउन नहुने नेताहरुको अडान रहेको बताइन्छ । यता नेकपा एमालेका अध्यक्ष केपी ओलीले रविलाई गैर सांसद भएपनि गृहमन्त्री बनाउनुपर्ने बताउदै आएको थिए ।