काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले पुनः मतदान गर्नुपर्ने बताएका छन् । मत गणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएकाले पुनः मतदान गर्नुपर्ने बताए ।
पछिल्लोपटक गणना भएको ६ वटा केन्द्रको मत गणना गर्दा खसेको भन्दा २६६ बढी मत गणना भएपछि खनालले पुनः मतदानको माग गरेका छन् । पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने तयारी उनले गरेका छन् ।