- भोजराज घिमिरे
कार्ल मार्क्सको जन्म ५ मे सन १८१८ अहिलेको जर्मनीको पियर नगरमा भएको थियो । तर त्यतिबेलासम्म जर्मनीको एकीकरण भइसकेको थिएन ।मार्क्सको गृहनगर पियर पुजिया राज्य तत्कालिन राजतन्त्रात्मक मुलुक थियो । मार्क्सको परिवार यहुदी समुदायमा पर्दथ्यो ।
पुजिया एक राजतन्त्रात्मक मुलुकमा पर्दथ्यो । पुजिया राज्यमा इसाई धर्मलम्बीहरुको ठुलो संख्या थियोे । त्यसैले कार्ल मार्क्सका हजुरबुबा मिन हररी माक्र्सले धर्म परिवर्तन गरि यहुदी धर्म अगालेका थिए ।
मार्क्सका पिता हेनरी मार्क्स भने ठुला वकिल थिए । उनले आफ्नै जीवनकालमा ज्ञान धन र प्रतिष्ठा आर्जन गरे । कार्ल माक्र्सका पिता हेनरी मार्क्स पियर नगरमा एक धनाड्य र प्रतिष्ठित नागरिक मानिन्थे । हजुरबुबाको पालामा गरिब परिवार मानिएको माक्र्स परिवार बुबाको पालामा सबै कुराको शक्तिशाली परिवार बन्ने पुग्यो ।
कार्ल मार्क्स का नौ दाजुभाइ तथा दिदि बहिनी थिए । त्यसमा मार्क्स जेठो सन्तान थिए । हेनरी मार्क्स र लोर्बिक बोनो वेष्टखालेनबिक्सबीच गहिरो मित्रता थियो ।
वेष्टखालेन उच्च सरकारी अधिकारी थिए । पुजिया राज्यमा खालेन परिवारको राम्रो प्रभाव थियो । लुटबिन बोनो वेष्ट खालेन प्रशासक भएर आएको बेला दुई परिवारको आवतजावत झनै बाक्लो भयो ।
कार्ल मार्क्सकी पत्नी यही परिवारकी थिइन । माक्र्स र वेष्टन खालेन परिवार मित्रताको समय पियर नगरमा शिक्षित र शक्तिशाली परिवारको सम्बन्ध मानिन्थ्यो । मार्क्सको सिद्धान्त र शब्दावलीमा भन्ने हो भने, यी दुई ठुला नगरका बुर्जुवा परिवार थिए ।
बाह्वर्षको हुँदा कार्ल मार्क्स आफ्नै पिताबाट धेरै सिकिसकेका थिए । त्यसपछि उनी पियर नगर माध्यमिक बिधालयमा भर्ना भए । जेनिका एक दाजु इदगर बोनियरका सहपाठी थिए । जेनीका अर्का दाजु एलिनन बोनियर पछि पुजियाको गृहमन्त्री समेत भए । जेनी कार्ल मार्क्स भन्दा जेठी थिइन । पारिवारिक जमघटमा उनीहरु बाल्यकालदेखि नै भेटघाट भइरहन्थ्यो । कार्ल मार्क्सकै शब्दमा भन्दा जेनी त्यो बेलाको पियर नगरमा आकर्षक सुन्दर युवती थिइन ।
सन् १८३६ मा पारिवारिक सल्लाहमै जेनी र कार्ल मार्क्सबीच विवाह पक्का गरिएको थियोे । उनीहरुको विवाह भने पछि १८४३ मा भएको थियोे । पियरको स्कुले शिक्षा पूरा गरेर उच्च शिक्षाका लागि कार्ल माक्र्स १८३५ मा १७ बर्षको उमेरमा बोन विश्वविद्यालय गए ।
उनका पिताको आकाङ्क्षा मार्क्सलाई पनि ठुलो वकिल बनाउने थियो । त्यसै अनुरुप कार्ल माक्र्सले पनि अध्यन गर्न थाले । विस्तारै उनि राजनीतिक र क्लबहरुसँग जोडिन थाले । बोनको पढाइ मार्क्सलाई अलिक ठिक लागेन । जेनी जस्तो एक शिक्षित र सभ्रान्तसँग विवाहको निधो भइसकेको हुँदा योग्य वर बन्नका लागि माक्र्समा शिक्षाको भोक तिब्र हुँदै गयो ।
१८३६ को अक्टोबरमा उनि थप अध्ययनका लागि जर्मनीको बर्लिन विश्वविद्यालय भर्ना भए ।
त्यहा दर्शनशास्त्र बिभागमा विख्यात दार्शनिक जर्ज फ्रीडरिच हिगेलका बिचारहरुको बलियो प्रभाव थियोे । बर्लिनमा माक्र्स हिगेलवादी दर्शन युवा समुहमा सामेल भए । यो समुहमा लोवबिध फायरवाद ब्रुनु वौएरका साथ प्रध्यापकहरु समेत आउने गर्दथे ।
१८३८ मा मार्क्सका पिताको निधन भयो । यसले उनको परिवारमा आर्थिक जिम्मेवारी बढ्न थाल्यो, तथापि उनले आफ्नो अध्यन छोडेनन् । २३ बर्षको उमेरमा उनले दर्शनशास्त्रमा विद्यावारिधी गरे । त्यसपछि उनको लेखन तथा समिक्षकतर्फको यात्रा सुरु भयो ।
१८४२ देखि कार्ल मार्क्सले पत्रकारको रुपमा समेत कामगर्न थाले । माक्र्सको विचार क्रान्तिकारी हुन्थ्यो र लेखन त्यत्तिकै बौद्धिक र तिखो हुनेगदएथ्यो ।
माक्र्स विध्यमान राजनीतिक व्यवस्था र अर्थतन्त्रमाथि तिखा टिप्पणीहरु लेख्दथे । जसले पाठकहरुबीच एक किसिमको तरंग ल्याउथ्यो । सरकाले त्यस्ता विचारहरु सहजै पचाउन सकेन । १८४३ मा रुसी सम्राट जार निकोलसको विरुद्धमा एक दमदार लेख लेखे । जसले गर्दा केहीदिनमा नै माक्र्सले काम गर्ने पत्रिका राईट लेट्युङलाइ प्रतिबन्ध लगायो ।
अर्नाडलुङ नामका अर्कन पत्रकारसँग मिलेर कार्ल माक्र्सले अर्को पत्रिका प्रकाशन गर्ने योजना बनाए । तर पुजियाबाट यो प्रकाशन गर्ने सम्भावना थिएन । तसर्थ कार्ल माक्र्सले पत्नी जेनीलाई लिएर फ्रान्सको राजधानी पेरिस गए । १८४४ माक्र्स दम्पतीको पहिलो सन्तान जिन प्यारोडीना जन्मिन । फ्रान्स सरकारले कार्ल माक्र्सले लेख्ने पत्रिको दोस्रो अंक देखि बन्द गरायो । उक्त पत्रिकामा
कार्ल माक्र्सको लेख मात्र लेख्थे पत्रिकाको स्वामीत्व अर्का व्यक्तिको थियो । १८४४ अगष्ट २८ मा कार्ल माक्र्सको भेट अर्का जर्मनीका फेडरिक एङगेल्शसँग भयो । यी दुईको मित्रता खुब जमेको थियो । तिनीहरू आजीवन एक अर्काका अभिन्न मित्र बने । त्यही बर्षको नोभेम्वरमा सयुक्त पुस्तक द होली फेमेली प्रकाशन गरे ।
पेरिसको बसाइ असहज हुदै गएपछि मार्क्स परिवार १८४५ मा बेल्जियमको ब्रसेल्समा झ¥यो । त्यो बेला युरोपका क्रान्तिकारीहरु तथा समाजवादी अभियान्ताहरु निर्वासित जीवन बिताइरहेका थिए । फ्रेडरिक एङगेल्श जर्मनीको बर्लिनका थिए । माक्र्स परिवार ब्रसेल्स सरेकै बेला एङगेल्श पनि बर्लिन बाट ब्रसेल्स आए । त्यतिबेलासम्म माक्र्स र एङगेल्श लिग फोर समाजवादी संगठनका सदस्य भइसकेका थिए ।
१८४५ जुलाईमा माक्र्स र हेगेल्श लन्डन गए । यो मार्क्सको पहिलो लन्डन भ्रमण थियो । उनलाई यो थाहा थिएन कि यहीँ सहरमा उनको बाँकी जीवन बित्ने छ र चिहान समेत यही सहर बन्ने छ भन्ने ।
यो भ्रमणको उदेश्य बेलायती चार्टिस आन्दोलनकारीहरुसँग भेट गर्ने थियो । बेलायतमा समाजवादी आन्दोलनको स्थिति बारे जानकारी लिनु थियो । यसबीच माक्र्स र एङगेल्शले जर्मन विचारधारा र दर्शन दरिद्रता भन्ने पुस्तकमा काम गरेका थिए । कार्ल मार्क्स र फ्रेडरिकको प्रवेशले लिक फर जस्टिले सानो र भुमिगत संगठन विस्तार हुदै गयो ।
पछि यसको नाम परिवर्तनगरि कम्युनिस्ट लिग बनाइयो । यसको घोषणापत्र लेख्ने जिम्मेवारी माक्र्स र एङगेल्शलाई दिइयो । करिब दुई महिनाभित्र उनीहरूले कम्युनिस्ट घोषणापत्र लेखे ।
१८४८ को फ्रेअवरी २१ का दिन पहिलोपटक कम्युनिस्ट घोषणापत्र प्रकाशित भयो । यो नै विश्व कम्युनिस्ट आन्दोलनको पहिलो र महत्तवपूर्ण आधिकारीक पुस्तिक र बैचारिक आधारशिला बन्न पुग्यो ।
१८४८ मा युरोपभरी क्रान्तिकारी आन्दोलनहरुको विकास भयो । यसको पछाडि कार्ल माक्र्सको योगदान छ भन्ने तत्कालीन त्यहाँका शासकहरुलाई लाग्न थाल्यो । तसर्थ त्यहाँका सरकारहरुले कार्ल मार्क्सलाई पक्राउ गर्ने योजना बनाए । यो कुराको सुइँको पाएका मामार्क्स फेरि पेरिस भागे ।
पेरिसमा कम्युनिस्ट गणतन्त्रको नेतृत्व कार्ल माक्र्सले आफै गर्न थाले । उनले त्यहा निर्वासित जर्मन समाजवादीहरको संगठन बनाउन थाले । त्यहाबाट मार्क्स जर्मन सहर कोलेनो पुगेर जर्मन सहर र पार्टी गठनको आवश्यकता बारे पर्चा बितरण गर्न थाले । उनले त्यहा एउटा पत्रिका समेत निकाल्न थाले । पत्रिका माथि पुन प्रतिबन्ध लाग्यो ।
मार्क्सका नाममा देश निकाला आदेश जारी भयो । मार्क्स पुन पेरिस फर्किए । पेरिसमा त्यो बेला हैजाको महामारी फैलिएको थियोे । सहरहरु दक्षिणपन्थीहरुको नियन्त्रणमा थियोे । अर्कोतिर माक्र्स पत्नी जेनी चौथो सन्तान जन्मदिने पर्खाईमा थिइन । यो अप्ठ्यारोलाई बिचार गर्दे १८४९ अगष्टमा पेरिस छोडेर लन्डनमा सरणार्थी जीवन बिताउने निर्णय लिए ।
मार्क्सको बाँकी जीवन लन्डनमा नै बित्यो । लन्डनम माक्र्स र परिवारको जीवन दुःख र अभाव नै अभावले जेलिएको थियोे । उनीसँग आम्दानीको कुनै दरिलो स्रोत थिएन । किताबको बिक्री र लेखकको पारिश्रमिकबाट जेनतेन गुजारा चलेको थियोे ।
चर्को अभावका बेला मित्र फ्रेडिग एगेल्शले थेगभर गर्दे आएका थिए । सन्तानले राम्रो र पोषिलो खान पाउँदैनथे । अर्कोतिर कम्युनिस्ट लिगको लथालिङ्ग अवस्थाले मार्क्स सदैब चिन्तित हुन्थे ।
उनको पैत्रिक सम्पत्ति त्यसैमा लगानी गरेका थिए । यता जेनी बेलाबेलामा आफ्नो माईत जान्थिन र माईतिले दिएको पैसाले आफ्नो गर्जाे टार्थिन । यता माक्र्स बेलायतको लाईबेरिमा बसेर १८ घण्टासम्म भोक भोकै आफ्नो अध्यन गर्दथे । आर्थिक अभाव कम गर्न मार्क्सले १८५२ देखि १८६२ सम्म न्युयोर्क डेली पत्रिकाको युरोप संवाददाता भएर काम गर्दथे ।
यहीबीच कार्ल मार्क्स आफ्नो जीवनको सबैभन्दा ठुलो नैतिक संकटमा परे । घटना के थियो भने सन १८५० मा पत्नी जेनी केही महिनाको लागि माईत गएकी थिइन । त्यहीबीच परिवारकि सुसारे हेलेन डेमुड गर्भवती भइन् । त्यो गर्भ कार्ल माक्र्सको थियो । तर माक्र्सको सामाजिक प्रतिष्ठालाई ध्यान दिएर त्यसलाई लुकाईयो ।
सार्वजनिक रुपमा फ्रेरडिग एङगेल्शको उक्त गर्वको स्वामीत्व लिए जुन यथार्थ थिएन । १८५१ जुनमा हेलेन एक सन्तान जन्माईन त्यो छोरा थियो । छोराको नाम राखियो हेनरी एङगेल्श जबकि एङगेल्श त्यो साल म्यानचेष्टरमै थिए । उनी त्यो बर्ष लन्डन आएकै थिएनन् । भनिन्छ कि मार्क्सले नै हेनरी एङगेल्शलाई नौ बर्षसम्म पाल्नका लागि एक गरिब परिवारलाई खर्च दिएर जिम्मा लगाएका थिए ।
हेलेन जेनीसँगै माक्र्स परिवारमा दाईजो आएकी सुसारे थिइन । दास मुक्तिको कुरा गर्ने माक्र्स परिवारमा उनि स्वयं दासी थिइन । उनले भिन्नै बिवाहा गरिनन् जीवनभर माक्र्स र जेनीसँगै बसिन । तर मार्क्स निधनपछि भने उनी एङगेल्शसँग बसिन ।
कार्ल माक्र्सको निधन पछि यो रहस्य खुल्यो कि हेनरी यथार्थमा माक्र्सकै छोरा थिए । माक्र्सको विशेष आग्रहमा हेलेनले त्यस्तो नाटक गरेका थिए । माक्र्सकी कान्छी छोरी बिनियोर मार्क्सले आफ्नो पितालाई निकै ठुलो आदर्श मान्थिन । यो रहस्य अनावरणपछि मानसिक रोगी जस्ति भइन् । मार्क्सको निधनपछि हेनरीलाई फिर्ता ल्याइन र दाजुको दर्जा दिइन र सँगै राखिन ।
मार्क्स र जेनीबाट सात सन्तान जन्मिएका थिए । तीन छोरीहरु मात्रै बाँचेका थिए ।बाँकी बाल्यकालमै निधन भइसकेका थिए । कार्ल माक्र्सको एउटा छोरा आठ बर्षको हुदासम्म बाँचेका थिए । तर उनको निधन हुँदा कात्रो किन्नेसम्म पैसा थिएन माक्र्स दम्पतीसँग ।
कार्ल मार्क्सको निधन हुँदा एघार जना मलामी थिए भनिन्छ । कार्ल माक्र्स उन्नाइसौं शताब्दीका सभन्दा रुचाईएका ब्याक्ति थिए । संसारका कतिपय देशका कम्युनिस्ट पार्टीहरु यही बैचारिक आदर्शबाट स्थापित भएर बनेका थिए । त्यसमध्ये सोभियत संघमा कुसल नेतृत्व भ्लादिमियर लेनिनले गरेका थिए ।
चीन मंगोलिया उत्तर कोरिया क्युवा हंगेरी पुर्वी जर्मनी लगायत पहिलो र दोस्रो विश्वयुद्धपछि संसारका धेरै राष्ट्रहरुमा कम्युनिस्ट मार्क्सवादी सरकारहरु बने । तर कार्ल माक्र्सले परिकल्पना गरेको समाजवाद कही कतै निर्माण हुन सकेन ।
कम्युनिस्ट भनिएका पार्टीले सत्ता प्राप्तिका लागि मार्क्सवादलाई भ्रष्ट्रिकरण तिब्र बढिरहेको छ । त्यसमध्ये नेपालको कम्युनिस्ट आन्दोलनपनि अछुतो रहन सकेन । भ्रष्ट लोभी सत्ताका भोकाहरुले पार्टीको नाममा कम्युनिस्ट प्रगतिशिल लेखाएर जनताको भावनामाथि कुठाराघात गरिरहे ।