काठमाडौं, साउन १९,एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु–२२ उमेरसमूहमा नेपालका अर्पिल रानाले कम्तीमा कांस्य पदक पक्का गरेका छन् । ५० केजी तौलसमूहमा अप्रिल सेफिफाइनल प्रवेश गरेसंगै कांस्य पदक पक्का भएको बक्सिङंका अन्तराष्ट्रिय को–ओडिनेटर तथा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले जनाएका छन् ।
एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैंककमा जारी प्रतियोगितामा अर्पिलले भुटानी मुक्केवाज किन्ले फुन्चोलाई ४ः१ (स्प्लिट) अंकको आधारमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।
यसअघि अर्पिलले साउदी अरबका मुक्केवाज इब्राहीमलाई ५–० ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको थिए ।
अर्पिलले अगष्ट ६ तारीखमा जापानका मुक्केवाज सोदाई कोटोसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् । जापानी मुक्केवाज कोटोले फिलिपिनी मुक्केवाजलाई ५–० ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरेका थिए ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: