Tuesday, August 5, 2025
Date
मङ्ल, साउन २१, २०८२
Tue, August 5, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

पोखरा महानगरपालिकाद्वारा नगर ऊर्जा योजना सार्वजनिक

Sambridinews by Sambridinews
मङ्लबार, साउन २१, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
पोखरा महानगरपालिकाद्वारा नगर ऊर्जा योजना सार्वजनिक
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, श्रावण २०   दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्वपूर्ण कदमस्वरूप, पोखरा महानगरपालिकाले आज आफ्नो प्रथम नगर ऊर्जा योजना (Municipal Energy Plan – MEP) औपचारिक रूपमा सार्वजनिक गरेको छ। 

पाँच वर्षे अवधिको यस योजनाले पोखराको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै ऊर्जा पहुँच विस्तार गर्ने, ऊर्जा दक्षता अभिवृद्धि तथा नवीकरणीय ऊर्जाको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ, जसले नेपालको राष्ट्रिय ऊर्जा तथा जलवायु लक्ष्यमा योगदान पुर्‍याउनेछ। 

You might also like

सूचना विभागमा अनलाइन सञ्चार माध्यम दर्ता र नविकरण स्थगित, अब जिल्ला प्रशासन कार्यालयमा दर्ता र नविकरण गर्नु पर्ने

खानेपानी मन्त्रालय विकासे मन्त्रालय मध्येमा सबै भन्दा उत्कृष्ट : मन्त्री यादव

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरूमा विशेष छुट

पोखरा महानगरपालिकाका मेयर श्री धनराज आचार्यले महानगरपालिकामा आयोजित एक कार्यक्रमबीच उक्त योजना सार्वजनिक गर्नुभयो कार्यक्रममा वैकल्पिक उर्जा प्रवर्दन केन्द्र, काठमाण्डौंका उपकार्यकारी निर्देशक डा. नारायण प्रसाद अधिकारी, जिआईजेड नेपालका वरिष्ठ ऊर्जा विशेषज्ञ डा. नारायण प्रसाद चौलागाई, महानगरका पदाधिकारीहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। 

ऊर्जा विकास उपसमितिद्वारा तयार गरिएको उक्त योजना GIZ नेपालको REEEPGREEN कार्यक्रमको प्राविधिक सहयोगमा नौ चरणमा आधारित समग्र प्रक्रियाबाट तयार गरिएको हो । योजना तयारीको क्रममा विभिन्न सरोकारवालासँग छलफल तथा परामर्श गरिएको थियो। यो योजना २०८१ फागुनमा पोखरा महानगरपालिकाबाट औपचारिक रूपमा अनुमोदन गरिएको छ कुल रु. १ अर्ब ३३ करोड ३० लाख ८२ हजार (रु १,३३३,०८२,०००) को अनुमानित लागत रहेको यस योजनाले “समृद्ध पोखराका लागि प्रभावकारी र दिगो ऊर्जा” को दीर्घकालीन परिकल्पना गरेको छ । योजनाले प्राथमिकताका रूपमा उर्जाका निम्न क्षेत्रहरूलाई पहिचान गरेको छ: 

∙घरायसी स्तरमा स्वच्छ, प्रभावकारी तथा नवीकरणीय ऊर्जा उत्पादन तथा उपयोगमा वृद्धी 

∙परम्परागत तथा आयातित इन्धनको सट्टा स्थानीय स्रोतमा आधारित नवीकरणीय ऊर्जा प्रवर्द्धन 

∙व्यापारिक तथा औद्योगिक क्षेत्रमा ऊर्जा दक्षताको अभिवृद्धि गर्दै हरितगृह ग्यास उत्सर्जनमा न्यूनीकरण 

∙नीतिगत पहल र शैक्षिक अभियानमार्फत जनचेतना अभिवृद्धि 

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मेयर आचार्यले सबै सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै योजनाको प्रभावकारी कार्यान्वयन 

गर्नेमा महानगरपालिकाको प्रतिबद्धता पुनः दोहोर्याउनु भयो। उहाँले पोखरालाई हरियाली र ऊर्जा–मैत्री शहर बनाउने यात्रामा यो 

योजनाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो। साथै, तीनवटै सरकार (स्थानीय, प्रदेश र संघीय) बीच प्रभावकारी समन्वय 

कायम गर्न सके यस्ता महत्वाकांक्षी योजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्न सकिने धारणा पनि उहाँले व्यक्त गर्नुभयो। 

REEEP-GREEN परियोजनाबारे: 

REEEP-GREEN कार्यक्रम युरोपेली संघ (EU) र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) को संयुक्त वित्तीय 

सहयोगमा सञ्चालित कार्यक्रम हो। यो कार्यक्रम GIZ तथा यसका साझेदार संस्था ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय (MoEWRI) र 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) सँगको सहकार्यमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमले स्थानीय सरकारहरूसँग सहकार्य 

गर्दै समावेशी, दिगो र लैंगिक उत्तरदायी ऊर्जा योजना तथा क्षमता विकासमा निरन्तर सहयोग पुर्‍याउँदै आएको छ। 

Related

Previous Post

खानेपानी मन्त्रालय विकासे मन्त्रालय मध्येमा सबै भन्दा उत्कृष्ट : मन्त्री यादव

Next Post

सूचना विभागमा अनलाइन सञ्चार माध्यम दर्ता र नविकरण स्थगित, अब जिल्ला प्रशासन कार्यालयमा दर्ता र नविकरण गर्नु पर्ने

Sambridinews

Sambridinews

Related Posts

सूचना विभागमा अनलाइन सञ्चार माध्यम दर्ता र नविकरण स्थगित, अब जिल्ला प्रशासन कार्यालयमा दर्ता र नविकरण गर्नु पर्ने
FEATURED

सूचना विभागमा अनलाइन सञ्चार माध्यम दर्ता र नविकरण स्थगित, अब जिल्ला प्रशासन कार्यालयमा दर्ता र नविकरण गर्नु पर्ने

by Sambridinews
मङ्लबार, साउन २१, २०८२
खानेपानी मन्त्रालय विकासे मन्त्रालय मध्येमा सबै भन्दा उत्कृष्ट : मन्त्री यादव
TOP STORIES

खानेपानी मन्त्रालय विकासे मन्त्रालय मध्येमा सबै भन्दा उत्कृष्ट : मन्त्री यादव

by Sambridinews
मङ्लबार, साउन २१, २०८२
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरूमा विशेष छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरूमा विशेष छुट

by Sambridinews
मङ्लबार, साउन २१, २०८२
वादोरियो कराते टोली श्रीलंका जाने
TOP STORIES

वादोरियो कराते टोली श्रीलंका जाने

by Sambridinews
मङ्लबार, साउन २१, २०८२
‘नाडा अटो शो २०२५’ : ३६ ब्रान्डका साथै, नयाँ प्रविधि र स्मार्ट मोबिलिटीको झलक हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर

नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर

बिहिबार, पुस १९, २०८०
कम्प्युटर अपरेटर ५ हजार रुपैयाँ घुससहित पक्राउ

कम्प्युटर अपरेटर ५ हजार रुपैयाँ घुससहित पक्राउ

सोमवार, अशोज ३१, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सूचना विभागमा अनलाइन सञ्चार माध्यम दर्ता र नविकरण स्थगित, अब जिल्ला प्रशासन कार्यालयमा दर्ता र नविकरण गर्नु पर्ने
FEATURED

सूचना विभागमा अनलाइन सञ्चार माध्यम दर्ता र नविकरण स्थगित, अब जिल्ला प्रशासन कार्यालयमा दर्ता र नविकरण गर्नु पर्ने

मङ्लबार, साउन २१, २०८२
पोखरा महानगरपालिकाद्वारा नगर ऊर्जा योजना सार्वजनिक
TOP STORIES

पोखरा महानगरपालिकाद्वारा नगर ऊर्जा योजना सार्वजनिक

मङ्लबार, साउन २१, २०८२
खानेपानी मन्त्रालय विकासे मन्त्रालय मध्येमा सबै भन्दा उत्कृष्ट : मन्त्री यादव
TOP STORIES

खानेपानी मन्त्रालय विकासे मन्त्रालय मध्येमा सबै भन्दा उत्कृष्ट : मन्त्री यादव

मङ्लबार, साउन २१, २०८२
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरूमा विशेष छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरूमा विशेष छुट

मङ्लबार, साउन २१, २०८२
वादोरियो कराते टोली श्रीलंका जाने
TOP STORIES

वादोरियो कराते टोली श्रीलंका जाने

मङ्लबार, साउन २१, २०८२
‘नाडा अटो शो २०२५’ : ३६ ब्रान्डका साथै, नयाँ प्रविधि र स्मार्ट मोबिलिटीको झलक हुने
FEATURED

‘नाडा अटो शो २०२५’ : ३६ ब्रान्डका साथै, नयाँ प्रविधि र स्मार्ट मोबिलिटीको झलक हुने

मङ्लबार, साउन २१, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.