काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले एमालेले आज संसद अवरुद्ध गर्नु आवश्यक नभएको बताएका छन्। एमालेले संसद् अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तो भएको उनको टिप्पणी छ।
संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद झाले नक्कली भुटानी शरणार्थीलगायतका प्रकरणलाई राजनीतिक मुद्दा बनाउन नहुने बताए। यस्ता विषयलाई राजनीतिक मुद्दा बनाए गलत सम्झौता गर्ने ‘लिगेसी’ बन्नेमा उनले सचेत गराए।
‘यो राजनीतिक एजेण्डा हो। यसमा प्रक्रियागत रुपमा पनि राजनीतिक सहमति खोजिराखेको एजेण्डा हो। सदनमा चाहीँ छोरी कुटेर बुहारी तर्साइरहेको हो। त्यो भनेको नक्कली भुटानी शरणार्थी प्रकरण एउटा एजेण्डा हुनसक्छ। त्यसमा राजनीतिक दलहरुले आफ्नो कित्ताकाट, स्पष्टता र सुरक्षा खोजिराखेको हुनसक्छ। यो बाँधिएको कुराहरु हो। सरकार पनि कानुनी परिबन्धमा बाँधिएको छ। नीति कार्यक्रम पारित गर्नु छ,’ उनले भने।