काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि) ले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकले आफ्ना सेयरधनीको नाममा रहेको ३ लाख ३४ हजार २६९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदका लागि बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजैका मिति (असार ३ गते) ले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्याको बारेमा स्पष्ट खुलाएर आवेदन बुझाउनुपर्नेछ ।
तोकिएको उक्त अवधिमा संस्थापक सेयरधनीले सेयर खरिदका लागि आवेदन नदिएको खण्डमा भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।