काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् ।
राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो । यसअघि विभागले सुन तस्करीमा संलग्न १० जनालाई नियन्त्रणमा लिइसकेको छ ।
आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् ।
यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन् ।
‘तस्करीको सुन जाँचपासमा संलग्न एक अधिकृतसहित तीन जना कर्मचारी र तीन जना भन्सार एजेन्ट पक्राउ गरी म्याद थपको लागि पठाइएको छ’ विभाग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘तस्करीमा संलग्न अन्यको खोजी र अनुसन्धान जारी छ ।’
यसअघि विभागले गत मंगलबार सुन तस्करीका बिचौलिया राजेन्द्र राई र ट्याक्सी चलक अशोक लामालाई भन्सार कार्गो गेटबाट सुनसहित पक्राउ गरेको थियो ।