Monday, July 7, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

उपराष्ट्रपति पदको निर्वाचन आज हुँदै, परिणाम पनि आजै

Sambridinews by Sambridinews
शुक्रबार, चैत्र ३, २०७९
in FEATURED, राजनीति
0
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचन आज हुँदै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो ।

बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको शर्माले बताइन् ।

You might also like

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

Because Good Days have Good Choices

उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् ।  जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको घोाषणा गरेकी छन् । तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनकोसमेत नाम छ ।

उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्य मतदाता हुन्छन् । उनीहरुका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । संघीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्नेछन् भने प्रदेशसभाका सदस्यले बगैँचा तर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ का लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरेको छ । संघीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतपत्रमा उम्मेदवारको तस्विर र नाम समावेश गरिएको छ । मतपत्रमा रहेका कुनै एक उम्मेदवारको तस्विर र नाम अंकित रहेको कोठामा स्वस्तिक छाप लगाई मत दिनुपर्नेछ ।

उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।

नेपालको संवैधानिक प्रावधानअनुसार उपराष्ट्रपतिको तेस्रो पटक निर्वाचन हुन लागेको हो । मुलुक संघीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि पहिलो उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । दोस्रो निर्वाचनबाट उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए ।

Related

Previous Post

सिन्धुलीमा भएका तीन छुट्टाछुट्टै दुर्घटनामा १ जनाको मृत्यु

Next Post

पोखरामा बसको ठक्करवाट झापाकी युवतीको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

by Sambridinews
आइतवार, असार २२, २०८२
‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन
FEATURED

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

by Sambridinews
शनिबार, असार २१, २०८२
Because Good Days have Good Choices
FEATURED

Because Good Days have Good Choices

by Sambridinews
शनिबार, असार २१, २०८२
नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने
FEATURED

नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने

by Sambridinews
शुक्रबार, असार २०, २०८२
विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे
FEATURED

विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे

by Sambridinews
शुक्रबार, असार २०, २०८२
Next Post
पोखरामा बसको ठक्करवाट झापाकी युवतीको मृत्यु

पोखरामा बसको ठक्करवाट झापाकी युवतीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

आज भोटो जात्रा :राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइने

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल पुन: अस्पताल भर्ना

शनिबार, असार २, २०८०
पूर्वराजा ज्ञानेन्द्रकाे राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव

व्यवस्था बदल्नेबाट नागरिकको अवस्था परिवर्तन हुन नसकेको आरोप पूर्व राजा ज्ञानेन्द्रकाे भनाइ

मङ्लबार, फाल्गुन ६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.