सामाजिक विकाश कार्यालय स्याङ्जाको आयोजना तथा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघ र जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा किशोरीहरुको आत्मरक्षा सम्बन्धी दुईदिने तालिम स्यांग्जा जिल्लाको श्री त्रिभुवन माध्यमिक बिद्यालय मा सम्पन्न भएको छ ।
विभिनन ९ विधालयबाट प्रशिक्षार्थी सहभागी भएका थिए । प्रत्येक विधालय बाट ५–५ जना गरी ९ विधालयबाट ४५ जना बिधार्थी सहभागी भएका थिए । उक्त तालिमको उद्घाटन जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक सालिकराम शर्माले गरेका थिए । समापन स्यांग्जा जिल्ला प्रमुख अधिकारी श्री सुनिता नेपालको प्रमुख आथित्य मा भएको थियो ।
उक्त तालिम सहभागीलाई नेपाल प्रहरीका आईतिएपÞm तेक्वान्दो प्रशिक्षक तस्बिन पुनले प्रशिक्षण दिएका थिए । नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघ का महासचिव घम बहादुर थापा मगरले यस्ता तालिमले किशोरीको मनोबल उच्च बनाउन मद्दत पुग्ने धारण व्यक्त गरे ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: