काठमाडौँ । संक्रमणकालिन न्यायका सम्बन्धमा दलहरुबीच सहमति जुटाउन बालुवाटारस्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा बैठक बसेकाे छ । आज विहान बसेकाे बैठकले संक्रमणकालीन न्यायलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने समझदारी गरेको छ ।
संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा विधेयक टुंगो लगाउन नेताबीच समझदारी भएको जनाइएको छ । विषय र प्रक्रियामा थप छलफलका लागि वैशाख १ गत फेरी बैठक बस्ने जनाइएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सरकार पक्ष र प्रतिपक्षका शीर्ष नेताहरूबीच छलफल भएको जनाइएको छ । बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेता सहभागी थिए ।
बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि सहभागी थिए ।यसैगरी महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी रहेको जनाइएको छ ।