काठमाडौं । नेपाल भारोत्तोलन संघको आयोजनामा २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २४ गतेदेखि हुने भएको छ ।
पुरुष÷महिलातर्फ सिनियर, जुनियर र युथमा समान १०–१० स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ९बोस० ले आइतबार मध्यपुर थिमीस्थित थिमी बैंक्युटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब २ सय ५० खेलाडीको सहभागिता रहने छ । सहभागी सबैको खाना र बसोवासको व्यवस्था संघले नै गर्ने छ ।
प्रतियोगिता अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ, एसियाली भारोत्तोलन महासंघ र नेपाल भारोत्तोलन संघको नियम अनुसार खेलाइने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ८६ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेलहरु मध्यपुर थिमीस्थित थिमी बैंक्युटमा खेलाइने छ ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: