साउन २१, निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि दल दर्ताको आह्वान गरेको छ । त्यसका लागि आयोगले २२ साउनदेखि ३१ सम्म दल दर्ताको समय तोकेको छ ।
दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति, दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मितिसमेत उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ ।
आयोगका अनुसार दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रदेशगत रूपमा ७ वटा प्रदेशका लागि छुट्टाछुट्टै निवदेन दिनुपर्नेछ ।
![](https://i0.wp.com/sambridhinews.com/wp-content/uploads/2022/08/1225072311.jpg?resize=745%2C1024&ssl=1)