Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौं, माघ ४ स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच साझेदारी हुने भएको छ । यी दुई स्टार्टअपबीचको सहकार्यका लागि विहीबार कम्पनी प्रमुखहरूले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै सम्बन्धित पालिकामा भएका ऐतिहासिक, पर्यटकीय र अन्य महत्वपूर्ण स्थानहरू, तिनको दूरी, अवस्थिति लगायत अन्य अत्यावश्यक जानकारीसहित ई-पालिका एपमा उपलब्ध हुनेछन् । निन्जा इन्फोसिसले निर्माण गरेको ईपालिका एपमा गल्ली म्पाप्सले निर्माण गरेको वेब नक्सा सेवा थप गरिएको हो यसका लागि निन्जा इन्फोसिसका कार्यकारी निर्देशक रमेश क्षेत्री र गल्ली म्याप्सका प्रमुख कार्यकारी अधिकृत एवं सहसंस्थापक राज विक्रम महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् पालिका एपमा गल्ली म्याप्स समावेश भएसँगै अब पालिकाबासीहरूले उल्लेख्य भौतिक संरचना, कृषि क्षेत्रहरूसमेत सो स्थानका अन्य विवरण सजिलै थाहा पाउने व्यवस्था गरिएको छ । ‘पालिकाभित्र भएका सार्वजनिक क्षेत्र, भौतिक संरचना र पर्यटकीय क्षेत्रहरूलाई गल्ली म्यापमार्फत हामीले पहिचान दिन खोजेका हौं, पालिकाभित्र कहाँ छ के छ, कुन बाटो हुँदै त्यहाँ पुग्ने भन्ने खालका जानकारी डिजिटल ईपालिका एपबाट थाहा पाउन सकिन्छ,’ ईपालिकाका क्षेत्रीले भने, ‘यो हरेक पालिकाले उपयोग गर्नुपर्ने एप हो र यसबाट पालिकाहरूले आफ्नो क्षेत्रलाई पहिचान दिन र चिनाउन सक्छन् ।’ नेपाली कम्पनीले नेपाली भाषामै स्पष्ट बुझिनेगरी बनाएको सो एप्लिकेसनलाई सम्बन्धित पालिकाको सहयोगीको भूमिका निर्वाह गर्नेगरी तयार पारिएको उनले बताए । सामान्य लेखपढ गर्न सक्ने व्यक्तिले पनि यो एप सजिलै र नि:शुल्क प्रयोग गर्ने गरी उपलब्ध रहेको निन्जा इन्फोसिसले जानकारी दिएको छ । त्यस्तै, गल्ली म्याप्सका सीईओ महर्जनले नेपालमा डिजिटल प्लाटफर्ममा इन्नोभेटिभ सोच र आत्मनिर्भरता बढाउने दुई स्टार्टअप कम्पनीबीचको साझेदारीमा खुशी व्यक्त्त गरे । ‘नागरिकका रूपमा धेरैलाई आफ्नो पालिकाले दिने सेवा र त्यसका प्रक्रियाबारे जानकारी हुँदैन, त्यस्तो सेवा डिजिटल रूपमै प्रदान गर्न मिल्ने प्लाटफर्म अत्यावश्यक रहेको सोचेर हामीले साझेदारी गरेका हौं,’ उनले भने, ‘गुगल म्यापमा सहजै उपलब्ध नहुने हाम्रा सांस्कृतिक सम्पदा, स्थानीय निकायका कार्यालय, सार्वजनिक संरचनासमेत गल्ली-गल्लीको जानकारी दिएर प्रयोगकर्तालाई सजिलो बनाउन सकियोस् भनेर गल्ली म्याप शुरु गरिएको थियो । दुई कम्पनीको उदेश्य सार्वजनिक सेवाको स्थानीयकरणमा मिल्न गएकोले सहकार्य सम्भव भयो ।’ नेपालमा स्टार्टअपहरूबीच कमै मात्र सहकार्य हुने गरेकोमा गल्ली म्याप्स र डिजिटल ई-पालिकाको साझेदारी उदहारणीय भएको कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) का महासचिव चिरञ्जिवि अधिकारीको बुझाइ छ । साझेदारीबारे जानकारी दिन आयोजित कार्यक्रममा उपस्थित अधिकारीले स्टार्टअपहरूबीचको सहकार्यले प्लाटफर्म र रिसोर्स सेयरिङ सम्भव हुने र त्यसले लागत कटौतीमा सघाउने बताए । ‘नेपालमा स्टार्टअपको संस्कृति, यस्ता कम्पनीको गतिविधि र आइडिया शेयरिङ गर्न यस्ता सहकार्य महत्वपूर्ण हुन्छन्,’ उनले भने, ‘रिसोर्सहरूको दोहोरोपन रोक्न शेयरिङ गर्ने माहोल बनाउँदा हाम्रो स्टार्टअप ईकोसिस्टम अझै स्वस्थ र परिष्कृत हुँदै जान्छ भन्ने क्यान महासंघको बुझाइ छ ।’ डिजिटल ई-पालिका नेपालमा २०७४ सालदेखि डिजिटल ई-पालिका मोबाइल एप्लिकेसन शुरू भएको थियो सरकारको डिजिटल नेपाल अभियानलाई अझै सबल बनाउने उद्देश्यले निर्मित सो एपले सबै पालिकाहरूलाई पुर्ण रूपमा डिजिटल सेवा प्रवाह गर्न सघाउने आफ्नो विश्वास रहेको पनि क्षेत्रीको धारणा छ । ‘डिजिटल पालिका अभियान' मार्फत आफूहरूले डिजिटल नागरिक बडापत्रसँगै दर्ता चलानी प्रणाली, कार्य व्यवस्थापन प्रणाली, गुनासो व्यवस्थापन प्रणालीबाट प्रवाह हुने सेवाहरू पनि डिजिटल रूपमै कार्यसम्पादन हुनसक्ने व्यवस्था मिलाएको उनले बताए । गल्ली म्याप्स यो नेपालको स्थानीय मोबाइल म्याप एप हो । गुगल वा एप्पल म्यापहरूमा नदेखिने साँघुरा गल्लीदेखि कतिपय वडाहरूका सम्पूर्ण घर नम्बर यसमा म्यापिङ गरिएको छ । विशेषगरी अनलाइन डेलिभरी तथा राइड शेयरिङ सेवामा यो एप बढी प्रभावकारी हुने गल्ली म्याप्सका महर्जन बताउँछन् विदेशी कम्पनीले बनाएको म्यापमाथिको निर्भरता हटाउनुका साथै नेपाली कम्पनीहरूले विदेशी म्याप एप प्रयोग गरेबापत विदेशिने ठूलो रकम जोगाउने उदेश्यले यो एप विकास गरिएको उनको भनाइ छ । सन् २०२० मा शुरु भएको यो स्टार्टअपले २०२२ मा आईसीटी अवार्ड जितेको थियो । गल्ली म्याप्समा नेपालभरीकै नक्सा समावेश भएको छ । तथापी, हाल काठमाडौं र ललितपुर महानगरपालिकासँगै कीतिपूर, चाँगुनारायण, कागेश्वरी र बनेपा नगरपालिकाको भने हाउस नम्बरसमेत उपलब्ध छ एपबाट प्रयोगकर्ताले आफ्नो घर नम्बर पिन गरेर अरूलाई लोकेसन लिंक शेयर गर्न सक्छन् । रिङ्ग रोडभित्रका धेरै ठाउँहरू ३६० डिग्रीमा पनि हेर्न सकिन्छ।
Read moreकाठमाडौँ । मंसिर २८, नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा ९थप हुने भएको छ...
Read moreकाठमाडौं । कार्तिक २८ , नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेकोले आज साँझसम्म...
Read moreकार्तिक १८ ,प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय रहेको आइसिटी अवार्ड कार्यक्रम अन्तर्गत यस वर्षको लागि विभिन्न ३ विधामा उत्कृष्ट...
Read moreअसोज १९, काठमाडौं । काठमाडौंमा स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको छ बानेश्वरको थापागाउँस्थित बानेश्वर बैंक्वयटमा दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको हो । लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा भइरहेको फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागीता रहेको छ । फेस्टको उद्घाटन शत्रमा प्रमुख अतिथिको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी विज्ञान प्रविधि सचिव प्रमिला देवी बज्राचार्यको उपस्थिति रहेको थियो । यस्तै विशिष्ट अतिथीको रूपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहको उपस्थिति रहेको थियो भने अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पुर्व सह-सचिव विरेन्द्र मिश्र, स्क्वाइड अफ चेन्ज मेकर्सका सहसंस्थापक शुशील भट्टराई, आईसिटी विज्ञ हेमपाल श्रेष्ठ लगायतको स्टार्टअप तथा इन्नोभेसनमा रूची राख्नेहरूको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा बोल्दै लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले देशैभरका स्टार्टअप तथा इन्नोभेसनलाई प्रवर्द्धन र प्रोत्साहन गर्न स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना गरेको बताए । त्यसैगरी प्रमुख अतिथि विज्ञान तथा प्रविधि सचिव प्रमिला देवी बज्राचार्यले युवाहरूको स्टार्टअप तथा आईडियालाई प्रवर्द्धन गर्न फेस्ट महत्त्वपूर्ण प्लेटफर्म भएको बताइन् । ‘ब्रेड ड्रेन भइरहेको अवस्थामा देशभित्रै केही गर्न चाहने युवाका लागि स्टार्टअप एण्ड आईडिया फेस्ट राम्रो प्लेटफर्म हो,’ सचिव बज्राचार्यले भनिन्, ‘त्यसकारण सबैले फेस्ट अवलोकन गरेर देशमै केही गर्ने हुटहुटी बोकेका युवाहरूको उत्साह बढाउन आग्रह गर्दछु ।’ शुक्रबार र शनिबार सञ्चालन हुने फेस्ट बिहान ११ बजेदेखि ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने छ । कार्यक्रममा बिहानैदेखि स्कुल, कलेजका विद्यार्थीसँगै स्टार्टअप तथा इन्नोभेसनमा रूची राख्ने युवाहरूको उत्साहजनक सहभागीता रहेको छ । आईसीटी अवार्ड २०२३ को प्रि इभेन्ट क्याम्पियनको रूपमा हुने स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्पमा द स्क्वाइड अफ चेन्जमेकरको सहकार्य रहेको छ । कार्यक्रमको मुख्य आकर्षणको रूपमा नयाँ नयाँ आईडिया, इन्नोभेसन तथा प्रडक्टको प्रदर्शनी, आईडिया पिचिङ, एष्ट्रोनोमी क्याम्प, रकेट तथा रोबोटिक्स क्याम्प, लगानीको अवसर, गेम र आकर्षक पुरस्कारको समेत व्यवस्था रहेको छ । यस बाहेक कार्यक्रममा स्याटेलाईट वर्कशप, एस्ट्रोनिमो वर्कशप, एभिसयन वर्कशप र रकेट साइन्स वर्कशप समेत सञ्चालन भइरहेको छ फेस्टमा सातै प्रदेशका ३० बढी स्टार्टअपका साथै आईसीटी अवार्ड २०२३ मा प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरु प्रदर्शनीमा छन । कार्यक्रममा स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रीडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरुलाई पनि प्रर्दशनीमा राखेको छ । अवलोकनकर्ताले आईसिटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप र प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनलाई भोट पनि गर्न सक्नेछन् । नेपालको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणमा यस पटक विभिन्न १३ विधामा ५०० बढीको नोमिनेसन प्राप्त भएको थियो । हाल आईसीटी अवार्ड २०२३ को नोमिनेसन र छनौट प्रक्रिया सञ्चालनमा रहेको छ । यस पटक आईसिटी अवार्डको ग्रान्ड फिनालेमा सातै प्रदेशका उत्कृष्ट एक-एक स्टार्टअपलाई प्रोभिसियल रिकग्निसन अवार्ड समेत प्रदान गरिने छ ।
Read moreकाठमाडौं । अशोज १८, शुक्रबार र शनिबार काठमाण्डौको बानेश्वर बैंक्वटमा स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्प हुने भएको छ...
Read moreअसोज ३ , ,ललितपुर, नेपाल ,संचारको निरन्तर विकसित प्ररिदृश्यमा, Sparrow SMS एसएमएस सेवा प्रदान गर्दै विगत १३ वर्ष देखि स्थापित...
Read moreकाठमाडौं ।भदौ १९, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखाना चलाउन पदकसँगै आफ्नो नाममा रहेको २८ रोपनी जग्गा...
Read moreकाठमाडौं , १८ भदौ । वर्डप्रेस नेपालले यही भदौ २२ र २३ गते “वर्डक्याम्प काठमाडौं २०२३ ” को आयोजना गर्ने...
Read moreकाठमाडौं । सोलुखुम्बु जिल्लामा पर्ने पर्यटकीय स्थल पिके हिल र पिके आसपासमा पर्ने महत्वपूर्ण पर्यटकीय क्षेत्रलाई प्रर्वद्धन गर्नकालागि मानवअधिकारकर्मी तथा...
Read more
अध्यक्ष तथा सम्पादक सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार बुनु भण्डारी |
फिचर तथा समसामायीक खगेन्द्र फुयाल |
समाचार तथा फोटो पत्रकार अनिल पौडेल |
संबाददाता तारा भुर्तेल |
Copyright © 2022 Sambridhi News - All Rights Reserved.