Sambridinews

Sambridinews

एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक

एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक

काठमाडौं — विश्वप्रसिद्ध फर्मुला वान टिम एस्टन मार्टिन अराम्कोले रियलमीसँग दीर्घकालीन लाइसेन्स सम्झौता गरेको छ । सो सहकार्य अन्तर्गत पहिलो पटक दुई ब्रान्डको संयुक्त पहिचान बोकेको मोबाइल फोन रियलमी जीटी ७– ड्रीम एडिसन २७ मे मा सार्वजनिक भएको छ।  रियलमीको फ्ल्यागशिप सिरिज अन्तर्गत पर्ने यो नयाँ फोनमा अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन रहेको छ, जसमा एस्टन मार्टिन अराम्कोको विश्वप्रसिद्ध पङ्खायुक्त लोगो पनि समावेश गरिएको छ। यसले पर्फर्मेन्स र व्यूटिफिकेसनको सन्तुलन प्रस्तुत गर्ने लक्ष्य राखिएको छ।  रियलमीको फ्ल्यागशिप सिरिज अन्तर्गत आएको नयाँ जीटी ७ स्मार्टफोनले अत्याधुनिक डिजाइनसँग उच्च-स्तरीय पर्फर्मेन्स संयोजन गर्दछ । यसमा एस्टन मार्टिन अराम्कोको प्रतिष्ठित टिम लोगो समावेश रहेको छ।  हाल विश्वभर २० करोडभन्दा बढी प्रयोगकर्ता बनाइसकेको रियलमी संसारकै सबैभन्दा तिब्र वृद्धि भईरहेको मोबाइल फोन ब्रान्ड मानिन्छ। ‘मेक इट रियल’ स्लोगन  बोकेको यो कम्पनी युवापुस्तालाई लक्षित गर्दै नवीनतम प्रविधि उपलब्ध गराउन समर्पित रहेको छ।  सहकार्य अनुसार, एस्टन मार्टिन अराम्को र रियलमीले प्रत्येक वर्ष दुईओटा संयुक्त मोबाइल मोडेल निर्माण गर्ने योजना सार्वजनिक गरेका छन्। ती मोबाइलहरूमा अल्ट्रा पर्फर्मेन्स र विशिष्ट डिजाइन विशेषता हुने जनाइएको छ। रियलमीका प्रमुख कार्यकारी अधिकृत स्काई लीले भने, “एस्टन मार्टिन अराम्को जस्तो प्रसिद्ध र गतिशील टोलीसँग सहकार्य गर्नु हाम्रो लागि अत्यन्तै महत्वपूर्ण उपलब्धि हो। हामी केवल उत्कृष्ट उत्पादनहरूलाई मात्र हाम्रो फ्ल्यागशिप लोगो प्रदान गर्छौँ, र अब हामी यो सहकार्यको माध्यमबाट संसारभरका प्रयोगकर्ताहरुका लागि अझ एडभान्स डिजाइन र उत्कृष्ट निर्माण अनुभव प्रदान गर्न अग्रसर हुनेछौँ।”  एस्टन मार्टिन अराम्को फर्मुला वन टोलीका हेड अफ लाइसेन्सिङ्ग एण्ड मर्चेन्डाइज  म्याट च्यापम्यानले भने, “हामी रियलमीलाई हाम्रो टोलीमा स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित छौँ। जीटी ७ ड्रीम एडीसनले उच्च-कार्यसम्पादन र नवीनतम डिजाइनको संयोजन गर्दछ। यसका साथमा हामी भविष्यका मोडेलहरूको सहकार्यमा सँगै काम गर्न तत्पर छौं।

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

काठमाडौं, १९ असार, विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रुपमा घटाएको घोषणा गरेको...

टाटाको ७.७ डिल्स लाइक नेभर विफोर – स्किमको लागि विशेष अवसर कुर्नु नपर्ने

टाटाको ७.७ डिल्स लाइक नेभर विफोर – स्किमको लागि विशेष अवसर कुर्नु नपर्ने

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले यही असार १९ देखि २३ गते जुलाई ३ देखि ७...

राष्ट्रिय महिला क्रिकेट क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको  Brand Ambassador नियुक्त

राष्ट्रिय महिला क्रिकेट क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको  Brand Ambassador नियुक्त

काठमाडौं । असार,काठमाडौंको मैतिदेवीमा सञ्चालित युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट क्याप्टेन इन्दु वर्मालाई  Brand Ambassador नियुक्त गर्दै कक्षाः ११ को...

एसएलसी परीक्षाको सुरूवात

एसएलसी परीक्षाको सुरूवात

हालको एसईई (एसएलसी) परीक्षा सरहको म्याट्रिकुलेशनको परीक्षा भने कलकत्ता विश्व विद्यालयले लिने गर्दथ्यो । विसं १९३६ देखि कलकत्ता विश्व विद्यालयले...

कोशी प्रदेश सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुँदै

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर

काठमाडौं । ५२ संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतले सदर गरेको छ । फेसलाको अन्तिम दिन असार १८गते बुधबार रातीसम्म...

काठमाडौं महानगरले माग्यो २३० कर्मचारी

काठमाडौं महानगरले कक्षा ११ मा छात्रवृत्तिमा चाहिने विद्यार्थीका लागि आवेदन माग

काठमाडौं । काठमाडौं महानगरपालिका कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहाने विद्यार्थीका लागि अनलाइन आवेदन माग गरको छ...

राजाहरु निरंकुश भएर नै गणतन्त्र आएको

राजाहरु निरंकुश भएर नै गणतन्त्र आएको

भोजराज घिमिरे फ्रान्समा शक्तिशाली राजतन्त्र थियोे जनभावना अनुसार चल्न नसक्दा असफल भयो। सन् १६१० मा नौवर्षका लुई तेर्हाेलाई राजगद्दीमा राखेर...

यातायात व्यवस्था विभागका महानिर्देशकसंग सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्ताव

यातायात व्यवस्था विभागका महानिर्देशकसंग सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्ताव

आषाढ १७ गते, नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसंग भेटगरी अटोमोवाइल...

नेपाल बैंक र लेट मि इन बिच सम्झौता, ग्राहक तथा कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने

नेपाल बैंक र लेट मि इन बिच सम्झौता, ग्राहक तथा कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने

काठमाडौं, यहि असार १६ गते नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं, नयाँ बानेश्वर अवस्थित लेट...

Page 29 of 601 1 28 29 30 601

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.