काठमाडौँ । १४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा रहेका जीवनकुमार गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गुरुङसँग १ अर्ब ४० करोड बिगो मागदावी लिएको छ ।
१४ किलो सुन तस्करीमा संलग्न गुरुङविरुद्ध मुद्दा दायर गरिएको जनाइएकाे छ । गुरुङबारे भन्सार कार्यालयले अनुसन्धान गरेको थियो ।
गोरखा बारपाक घर भएका ४५ वषीर्य चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो ।
गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् ।