काठमाडौं। भदौ २४, हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान सुरु गर्ने भएको छ ।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छन् सोङलगायतको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनमा मन्त्री किरातीले चीनको छिङ्डाओमा सिधा उडान भर्न लागेको खुसी व्यक्त गरे । उनले उक्त विमानस्थल बिआरआई परियोजनाको भूमि भएको नाताले महत्वपूर्ण रहेको बताए ।
उनले धेरै चिनियाँ नागरिकलाई पाहुनाको रूपमा नेपाल भित्र्याउ नसके र ग्रामीण संस्कृतिको जरासम्म पुर्याउ नसके पर्यटन क्षेत्रमा नयाँ गन्तव्य बन्ने बताए । चीनका विभिन्न शहरबाट पोखराको शहरमा उडान गर्नको लागि चिनियाँ राजदूतसँग आग्रह गरे ।
मन्त्री किरातीले काठमाडौं–पोखरा–चीनसम्म उडान गर्ने वातावरण मिलाउन सके नेपालमा पर्यटन क्षेत्रले नयाँ इँटा थप्ने विश्वास व्यक्त गरे ।