Tuesday, June 10, 2025
Date
सोम, जेष्ठ २७, २०८२
Mon, June 9, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

सौन्दर्य क्षेत्रले महिलालाई आत्मनिर्भर बनाउन भूमिका खेलेको छ: मन्त्री चौधरी

Sambridinews by Sambridinews
मङ्लबार, जेष्ठ १, २०८१
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
सौन्दर्य क्षेत्रले महिलालाई आत्मनिर्भर बनाउन भूमिका खेलेको छ: मन्त्री चौधरी
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ,- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सौन्दर्य क्षेत्रले महिलालाई आत्मनिर्भर बनाउन ठुलो भूमिका खेलेको बताउनुभएको छ ।  रोज ब्युटी एकेडेमी र बिलक्षणल क्रियशनले आयोजना गरेको ‘यचु ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४’ सिजन ६ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । 

सौन्दर्य क्षेत्रले विशेषगरी महिलाहरूलाई रोजगारमा जोड्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले अहिले हरेक क्षेत्रमा सौन्दर्य अनिवार्य आवश्यकता जस्तै भइसकेको बताउनुभयो । ‘सौन्दर्य क्षेत्रले रोजगारी सिर्जनामा ठुलो योगदान दिएको छ । यो क्षेत्रले पछिल्लो क्षेत्र उद्योगको रूप लिँदै गएको छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘सौन्दर्य एउटा कला पनि हो । हामी सबैले यसको सम्मान गर्नुपर्छ । अहिलेको समयअनुसार सौन्दर्य क्षेत्र सबै क्षेत्रमा हुन आवश्यक छ ।’

You might also like

साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव

इनड्राइभले गर्यो काठमाडौंमा आफ्नै आधिकारिक कार्यालय उद्घाटन

नेपाल भारत–विश्व मैत्री संघ NIWFA को दोस्रो महाधिवेशन सम्पन्न, साथै नयाँ कार्यसमिति चयन

पछिल्लो समय सौन्दर्य व्यवसायको माग बढ्दै पनि गएको भन्दै उहाँले यसले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । ट्यालेन्ट प्रतियोगिताहरूले सौन्दर्य सम्बन्धी क्षेत्रमा लागेका सौन्दर्य व्यवसायीलाई थप उत्प्रेरित गर्दै आएको भन्दै उहाँले महिलालाई सीप सिकेर आत्मनिर्भर बनाउन सबैले जोड दिनुपर्ने बताउनुभयो । 

सबै महिलालाई आर्थिक रूपमा सबल बनाउन जीवन उपयोगी तालिम दिएर रोजगारी तथा आत्मनिर्भरताको बाटोमा जोड्नुपर्ने मन्त्री चौधरीको भनाई थियो । 

आफू आर्थिक, सामाजिक क्षेत्रबाट राजनीतिमा आएको कुरा जोड्दै मन्त्री चौधरीले निकै लामो संघर्षबाट प्रत्यक्ष निर्वाचन जितेर राज्यको नीति निर्माण तहसम्म पुग्न सफल भएको बताउनुभयो । ‘म आर्थिक, सामाजिक क्षेत्रमा काम गरेर आएको व्यक्ति । राजनीतिक रूपमा सफल हुन निकै संघर्ष गर्नुपर्‍यो । मुलुकको उपप्रधानमन्त्री जस्तो व्यक्तिसँग प्रतिस्पर्धा गर्दा पटक-पटक जितेर पनि हार्नुपर्‍यो । तर म जितेरै आउँछु भनेर निरन्तर निर्वाचन लडेर तेस्रो पटकमा निर्वाचन जिते । त्यसैले जुन सुकै क्षेत्रमा लाग्ने व्यक्तिले एक पटकको असफलताबाट निराश हुनुहुँदैन ।’

राजनीतिक क्षेत्रमा महिलाको सहभागिता वृद्धि भएपनि मूल नेतृत्वमा अझैपनि पुग्न नसकेको भन्दै उहाँले त्यसका निम्ति अझै मेहनत गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।  मन्त्री चौधरीले महिलालाई सीप विकास गरी आर्थिक रूपमा सशक्तीकरण गराउने उद्देश्यले छोरी आत्मनिर्भर कार्यक्रम ल्याउने तयारीमा रहेको समेत बताउनुभयो । रोज ब्युटी एकेडेमीका अध्यक्ष सोनिका रञ्जितको अध्यक्षतामा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा सौन्दर्य क्षेत्रमा कार्यरत सौन्दर्यकर्मीहरूले सहभागिता जनाएका छन् ।

Related

Previous Post

भृकुटीमण्डपमा विद्यार्थी महोत्सव हुने

Next Post

मिस यूनिभर्स नेपाल २०२४ को लागि आवेदन खुला

Sambridinews

Sambridinews

Related Posts

साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
FEATURED

साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव

by Sambridinews
सोमवार, जेष्ठ २७, २०८२
इनड्राइभले गर्यो काठमाडौंमा आफ्नै आधिकारिक कार्यालय उद्घाटन
TOP STORIES

इनड्राइभले गर्यो काठमाडौंमा आफ्नै आधिकारिक कार्यालय उद्घाटन

by Sambridinews
सोमवार, जेष्ठ २७, २०८२
नेपाल भारत–विश्व मैत्री संघ NIWFA को दोस्रो महाधिवेशन सम्पन्न, साथै नयाँ कार्यसमिति चयन
TOP STORIES

नेपाल भारत–विश्व मैत्री संघ NIWFA को दोस्रो महाधिवेशन सम्पन्न, साथै नयाँ कार्यसमिति चयन

by Sambridinews
सोमवार, जेष्ठ २७, २०८२
भूकम्प र बाढीपहिरोले छ्यतविच्छेत बीपी राजमार्ग
FEATURED

भूकम्प र बाढीपहिरोले छ्यतविच्छेत बीपी राजमार्ग

by Sambridinews
सोमवार, जेष्ठ २७, २०८२
नयाँ बजेटको पुरानै कथा: जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका
TOP STORIES

नयाँ बजेटको पुरानै कथा: जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

by Sambridinews
सोमवार, जेष्ठ २७, २०८२
Next Post
मिस यूनिभर्स नेपाल २०२४ को लागि आवेदन खुला

मिस यूनिभर्स नेपाल २०२४ को लागि आवेदन खुला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु

चितवन २ मा पनि मतगणना सुरु

सोमवार, बैशाख ११, २०८०
अख्तियारले न्यायिक स्वतन्त्रतामा आघात पुर्‍यायाे: नेपाल बार

प्रधानन्यायधीशको नियुक्तिको माग राख्दै नेपाल बार आन्दोलित

आइतवार, बैशाख १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
FEATURED

साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव

सोमवार, जेष्ठ २७, २०८२
इनड्राइभले गर्यो काठमाडौंमा आफ्नै आधिकारिक कार्यालय उद्घाटन
TOP STORIES

इनड्राइभले गर्यो काठमाडौंमा आफ्नै आधिकारिक कार्यालय उद्घाटन

सोमवार, जेष्ठ २७, २०८२
नेपाल भारत–विश्व मैत्री संघ NIWFA को दोस्रो महाधिवेशन सम्पन्न, साथै नयाँ कार्यसमिति चयन
TOP STORIES

नेपाल भारत–विश्व मैत्री संघ NIWFA को दोस्रो महाधिवेशन सम्पन्न, साथै नयाँ कार्यसमिति चयन

सोमवार, जेष्ठ २७, २०८२
भूकम्प र बाढीपहिरोले छ्यतविच्छेत बीपी राजमार्ग
FEATURED

भूकम्प र बाढीपहिरोले छ्यतविच्छेत बीपी राजमार्ग

सोमवार, जेष्ठ २७, २०८२
नयाँ बजेटको पुरानै कथा: जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका
TOP STORIES

नयाँ बजेटको पुरानै कथा: जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

सोमवार, जेष्ठ २७, २०८२
आज र भोली गर्मी बढ्ने
Uncategorized

आज र भोली गर्मी बढ्ने

सोमवार, जेष्ठ २७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.