काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा आएको बाढीबाट छ वटा घर र स्कुल भवन बगाएको छ ।
शुक्रबार साँडे १ बजेतिर थामे खोलामा आकस्मीक बाढीका आउदा थामे गाँउका ५५ घरमा बाढी पसेर क्षति पुगेको जनाइएको छ ।
गृहमन्त्रालयले सोलुको थुलुङ दूधकोशी गाउँपालिकाले दूधकोशी नदी आसपासका क्षेत्रहरू अति जोखिममा रहेको भन्दै दूधकोशी नदी किनारमा बसोबास गर्ने बासिन्दाहरूलाई सचेत र सुरक्षित स्थानमा जान अपिल गरेको छ ।
आज दिउँसो सोलुखुम्बुको दूधकोशीको सहायक खोला थामे खोलामा आएको बाढीले थामे गाउँलाई क्षति पु¥याएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले हिमताल फुटेर बाढी हुनसक्ने बताएको छ ।
उक्त क्षेत्रमा फसेका सातजनाइ नेपाल प्रहरी तथा नेपाली सेनाले उद्धारगरी सुरक्षीत स्थानमा लगेको जनाइएको छ ।