तिजको सम्झना
जब अष्टमी बिदा हुन्थ्यो
फाक्मारी गर्जिन छाड्थ्यो
तमोर कुर्लिन छोड्थ्यो
आकाश रून बिर्सन्थ्यो
फुलबारीको पाटो मुस्कुराउँथ्यो
ठुलिसानिमा दोखु आउनुहुन्थ्यो
आमाले सारी धुनुहुन्थयो
हाम्रो राम्रो तिज आउँथ्यो
ओखरबोटे धारो
पिनालाई स्वागत गर्थ्यो
भाङटारको कुवा
सिउँडी सोद्थ्यो
सग्रातेबाट ठुल्यामा आउनुहुन्थ्यो
ढकनेले बस्ना छर्दथ्यो
खुब राम्रो तिज आउँथ्यो
सिमलबोटे हाँसिरहन्थ्यो
बतास गीत गाउँथ्यो
भदौरे किरा रमिता हेर्थे
ईन्द्रेणीले पाखामा रङ भर्दर्थ्यो
क्या रमाइलो तिज आउथ्यो
मामा मादल ठोक्नुहुन्थ्यो
आमा सगीँनी गाउनुहुन्थ्यो
सानिमाहरु नाच्नुहुन्थ्यो
तारामण्डल चियाएर हेर्थे
अन्धकार चिरिदिन्थे
उज्यालो सलबलाउँथ्यो
हाम्रो तिज राम्रो आउथ्यो
सौभाग्य साट्न नपर्ने
नयाँ धोती हाल्न नपर्ने
पार्टीप्यालेस धाउन नपर्ने
गहना लाउन नपर्ने
खै…. रमाइलो तिज आउथ्यो
मामाघरमा डाक्न नपर्ने ।
. गीता बराल गो.न.पा.- ६
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: