काठमाडौँ / पोखरा निन्जाजले आगामी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)का लागि मोडल तथा अभिनेत्री सनिशा भट्टराईलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । सनिशा भट्टराई मोडल तथा नेपाली चलचित्र क्षेत्रमा एक परिचत अनुहार हुन्।
ब्राण्ड एम्बेसेडरको रूपमा पोखरा निन्जाजमा आबद्ध हुन पाउँदा उनलाई अत्यन्त खुसी र गर्व महसुस भएको उनले बताएकी छन्।
इंन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको दोस्रो एभरेष्ट वुमन्स भलिबल लिग आगामी भाद्र २० गते देखि भाद्र २८ गतेसम्म हुनेछ ।