काठमाडौँ- आज संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ ।
आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ ।
त्यस्तै आजको बैठकमा कांग्रेसका पूर्व संविधान सभा सभासद सूर्यमान गुरुङ, पुर्व सांसद शैयद मेहराज अहमद शाह र कांग्रेसकै पूर्व राष्ट्रिय सभा सांसदखगेन्द्र राज रेग्मीको निधन भएकोमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बोलाइएको छ । यस बैठकमा पनि बजेटमाथि छलफल हुने छ ।