काठमाडौं । सामाजिक समस्याहरुको सामुहिक समाधान भन्ने अवधारणाका साथ सिन्धुलीमा शनिबार भविष्यका लागि साझा खोजी सम्मेलन हुने भएको छ ।
पर्यावरण तथा वातावरण संरक्षक अभियन्ता सौरभ ढकालको सक्रियता र राष्ट्रिय आविस्कार केन्द्रको सहयोगमा हुने कार्यक्रममा विज्ञान प्रविधिको युगमा देश विकासमा सहभागिले आफुलाई लागेको विषयमा सुझाव प्रस्तुत गर्नेछन ।
समाजका कठिन समस्याहरु को अनेकौ साधारण र नबिन समाधानहरु हुनसक्छन् । ती समाधानहरुको लाभ केहीलाई मात्रै नभई हामी सबैको लागि हुन पर्छ । अभियानको उदेश्य रहेको छ ।
बिज्ञान, प्रबिधि र अन्य क्षत्रमा भएको विकासले हाम्रा समुहिक समस्या र चाहानाहरु सम्बोधन गर्न अन–कन्फ्रेन्स सिन्धुली प्रारम्भिक भेला गर्न लागेको आयोजक सौरभ ढकालले बताए ।
सहभागिले सम्मेलनमा अभियाले गर्ने कार्यक्रमका लागि सुझाव सहितको परिकल्पना-पत्र पनि प्रस्तुत गर्न सक्नेछन ।
त्यसका लागि राखिएको गुगल फारम मार्फत सहभागित जनाउन सक्ने छन भने कार्यक्रमका लागि सकेको आर्थिक दान पनि गर्न सक्ने छन् ।
https://docs.google.com/forms/d/e/1FAIpQLSdLjiPSAafXX1_WLpnSzDHRMWnljHXsIq8KHDzT65vEK9-LJA/viewform
कार्यक्रम भोली शनिबार सिन्धुलीमाढिस्थित गौमती उच्च माविमा दिउसो १ बजेदेखि ४ बजेसम्म हुनेछ ।