Friday, July 18, 2025
Date
बिहि, साउन २, २०८२
Thu, July 17, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले पायाे डिशहोम उत्कृष्ट पुरस्कार

Sambridinews by Sambridinews
आइतवार, मंसिर १६, २०८१
in TOP STORIES, साहित्य / ब्लग
0
विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले पायाे डिशहोम उत्कृष्ट पुरस्कार
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बाह्रखरी मिडियाले १२खरी कथा प्रतियोगिताको छैटौँ संस्करण ‘डिशहोम १२खरी कथा प्रतियोगिता—२०८१’ को नतिजा सार्वजनिक गरेको छ ।

यस वर्षको डिशहोम १२कथा लेखन प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले प्रथम पुरस्कार प्राप्त गरेको छ । यस्तै, कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र कथाकार विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ले तृतीय पुरस्कार प्राप्त गरेको छ ।

You might also like

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

एन आई सी एशिया बैंकको लिलाम बिक्री अनलाईन पोर्टलमा हेर्न मिल्ने

आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा छैटौँ संस्करणको कथा प्रतियोगिताका विजेता घोषणासँगै प्रतिस्पर्धामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त ९३७ कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तकको लोकार्पण पनि गरियो ।

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाह्रखरी उत्कृष्ट कथा–२०८१ कथाकृतिको लोकार्पणका साथै प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने कथाकारसहित उत्कृष्ट सबै २५ कथाकारहरूलाई पुरस्कृत गर्दै ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८१ मा उत्कृष्ट २५ कथाका कथाकारहरूमा वर्णानुक्रमानुसार क्रमशः अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जीतबहादुर कटुवाल, तोयम्, दीक्षित केसी, दुर्गा ढेंगा, देवेन्द्र खापुङ, ध्रुव अधिकारी, प्रमेय भण्डारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, महेन्द्र महक, मिरमा, रमेशजंग थापा, राधिका कल्पित, ललिता दोषी, विमला तिवारी, विवेक धिमाल, विष्णु पादुका, सपना अधिकारी, सुदिप चापागाईं, हर्कबहादुर लामगादे ‘रोहित’ र डा. हिमलाल श्रेष्ठ रहेका छन् ।

कथा प्रतियोगिताको छैटौँ संस्करणका उत्कृष्ट कथाकारहरूलाई प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङसँगै डिश मिडिया लिमिटेडका निर्देशक हेमराज ढकाल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, कृषि विकास बैंक लिमिटेडका कार्यबाहक प्रमुख प्रेमकुमार श्रेष्ठ, एनएमबी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनील केसी, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका अध्यक्ष आजाद श्रेष्ठ, हिमालय एयरलाइन्सका ब्रान्ड तथा सर्भिस इम्प्रुभमेन्ट प्रमुख उज्जवला डलीसहित बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, विशेष सम्पादक हरिबहादुर थापा, विचार सम्पादक तथा आन्तरिक निर्णायक समूहका संयोजक गोविन्द अधिकारीलगायत विशिष्ट व्यक्तित्वले माला, प्रमाणपत्र, नगद र ट्रफी प्रदान गरे ।

डिशहोम बाह्रखरी कथा–२०८१ को टाइटल स्पोन्सर डिश मिडिया नेटवर्क लिमिटेड रहेको थियो । सहयोगी संस्थाहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड, एनएमबी बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड रहेका थिए । यस्तै, एयरलाइन्स पार्टनरमा यती एयरलाइन्स र हिमालय एयरलाइन्स रहेका थिए ।

कथा लेखन प्रतियोगिताको छैटौँ संस्करणमा उत्कृष्ट २५ कथाको सँगालो बाह्रखरी उत्कृष्ट कथा–२०८१ पुस्तक पब्लिसिङ पार्टनर फाइनप्रिन्टले बजारमा ल्याएको छ । यस कृतिको सम्पादन आख्यानकार नयनराज पाण्डेले गरेका हुन् ।

१२खरी मिडियाले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुई मूल्यांकन समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा प्रा. डा. ज्ञानू पाण्डे संयोजक रहेकी थिइन् भने साहित्यकारहरू डा. गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सदस्य थिए ।

साहित्यमा लोकप्रिय विधा हुँदाहुँदै पनि पछिल्लो समय कथा लेखनप्रतिको आकर्षणमा देखिएको कमीले गर्दा बाह्रखरी मिडियाले विश्वव्यापी कथा प्रतियोगिताको आयोजनलाई महत्त्व दिँदै आएको हो । यस प्रतियोगितामा अग्रजदेखि समकालीन तथा युवापुस्ता समेतका कथाकारको सहभागिता रहने गरेको छ ।

यस वर्ष पनि विगतमा झैँ नेपालसहित भारतका मुम्बई, असम, दार्जिलिङ, मणिपुर, गुवाहाटी तथा अन्य मुलुकहरू चीन, यूएई, अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जापान, क्यानडा, कतार, स्पेन, फिनल्यान्डलगायत देशमा बसोबास गर्ने नेपाली भाषी कथाकारहरूले सहभागिता जनाएका थिए ।

Related

Previous Post

रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु

Next Post

काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

Sambridinews

Sambridinews

Related Posts

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
TOP STORIES

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

by Sambridinews
बिहिबार, साउन २, २०८२
सेपाकताक्रो टोली थाइल्यान्ड जाने
TOP STORIES

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

by Sambridinews
बिहिबार, साउन २, २०८२
एन आई सी एशिया बैंकको लिलाम बिक्री अनलाईन पोर्टलमा हेर्न मिल्ने
TOP STORIES

एन आई सी एशिया बैंकको लिलाम बिक्री अनलाईन पोर्टलमा हेर्न मिल्ने

by Sambridinews
बिहिबार, साउन २, २०८२
क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त
TOP STORIES

क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त

by Sambridinews
बिहिबार, साउन २, २०८२
सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता
TOP STORIES

सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता

by Sambridinews
बिहिबार, साउन २, २०८२
Next Post
रवि लामिछानेले लिए अग्रता

काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

मङ्लबार, अशोज ११, २०७९
ज्योति समूह पद्मज्योति समूहमा रुपान्तरण

ज्योति समूह पद्मज्योति समूहमा रुपान्तरण

आइतवार, मंसिर ३०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
TOP STORIES

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

बिहिबार, साउन २, २०८२
सेपाकताक्रो टोली थाइल्यान्ड जाने
TOP STORIES

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

बिहिबार, साउन २, २०८२
एन आई सी एशिया बैंकको लिलाम बिक्री अनलाईन पोर्टलमा हेर्न मिल्ने
TOP STORIES

एन आई सी एशिया बैंकको लिलाम बिक्री अनलाईन पोर्टलमा हेर्न मिल्ने

बिहिबार, साउन २, २०८२
क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त
TOP STORIES

क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त

बिहिबार, साउन २, २०८२
सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता
TOP STORIES

सुदूरपश्चिम रोयल्सको एसपीएसँग ३ वर्षको लागि सम्झौता

बिहिबार, साउन २, २०८२
कडा प्रतिस्पर्धामा पनि वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स
TOP STORIES

कडा प्रतिस्पर्धामा पनि वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स

बिहिबार, साउन २, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.