राष्ट्रिय खेलकुद परिषद् (केन्द्र), ७ वटै प्रदेश र ७७ वटै जिल्लामा कार्यरत रहेका प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुले बढुवाको प्रकृया निष्कर्षमा पु¥याउन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले घोषणा गरेको संघर्ष कार्यक्रमको दोश्रो दिन हातमा कालो पट्टी बाँधी सांकेतिक रुपमा विरोध कार्यक्रम सम्पन्न भयो ।
पहिलो दिन कोण त्रिपुरेश्वरस्थित राखेप हातामा केन्द्र र उपत्यका कर्मचारीहरु भेला भइ कोणसभा गरिएको थियो । तेश्रो र चौथो दिन क्रमशः सोमबार र मंगलबार पनि आइतबारकै कार्यक्रमले निरन्तरता पाउने छ । बुधबार, बिहीबार र शुक्रबार केन्द्रलगायत ७ वटै प्रदेश र ७७ वटै जिल्लामा कार्यरत रहेका प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुले हातमा कालो पट्टी बाँधी पेन डाउन गरिने कार्यक्रम रहेको यहाँहरुलाई जानकारी गराउन चाहन्छौं । बुधबार १ घण्टा तथा बिहीबार र शुक्रबार २ घण्टा पेन डाउन गरिने छ ।
पहिलो चरणको संघर्षका कार्यक्रममा पनि माग पूरा नभए दोश्रो चरणका कार्यक्रम घोषणा गरिने जनाएको छ ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: