चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । जिल्ला अदालत चितवनले सहारा सहकारीको मुद्दामा ५४ लाख धरौटी बुझाएर उनि बिहीबार साँझ रिहा भएका हुन्।
चितवन अदालतमा पनि प्रभु बैंकको जमानत बुझाएर तारेखमा रिहा भएका छन्। रिहा भएपछि आफ्ना समर्थकलाई अदालतबाहिर उनले सम्बोधन गर्दै आफ्नो लडाइँ अझै बाँकी रहेको बताए।
यसअघि उनले २ करोड २५ लाख धरौटी बुझाइसकेका छन्। रुपन्देहीको सुप्रिम सहकारीमा एक करोड, पोखराको सूर्यदर्शन सहकारीमा ६५ लाख र काठमाडौाको स्वर्णलक्ष्मी सहकारीमा ६० लाख धरौटी बुझाएका हुन्। चितवनमा थप ५४ लाख धरौटी बुझाएसँगै उनले बुझाएको धरौटी मात्रै २ करोड ७९ लाख पुगेको छ।