पुस २१, काठमाडाैं । म्याग्दीको मालिका गाउँपालिका-७ बिम बिबोटमा शनिबार अन्धाधुन्ध ढुंगा र दाउरा प्रहारबाट दुई जनाको मृत्यु भएको छ।
मानसिक सन्तुलनमा समस्या भएको बिमवाङका टेकप्रसाद रोकाले दाउरा र ढुंगाले हान्दा ८५ वर्षीया मनसाङ गर्बुजाको घटनास्थलमै मृत्यु भएको हाे भने आठ वर्षीया नातिनी प्रियंका गर्बुजाको उपचारका क्रममा मणिपाल अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएकाे छ ।
अभियुक्तले बिहान करिब आठ बजे घरमा पुगेर अन्धाधुन्ध ढुंगा प्रहार गरेको बताइएको छ। अभियुक्त टेकबहादुरको घरबाट मृतकको घर करिब डेढ किलोमिटर टाढा पर्छ।
इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बेनीमा ल्याएको छ। वृद्धा मनसाङलाई प्रहार भएको देखेर बचाउन गएको अवस्थामा अभियुक्तले अमृता र प्रियंकामाथि नै प्रहार गरेका थिए।