माघ १३, सिन्धुली । नेकपा(माओवादी केन्द्र) कमलामाई नगरपालिका ३ नम्वर वडा (चपाैली) कमिटीको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न अधिवेशनले ऋषीराज सिग्देलको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटि गठन गरेकाे छ ।
यससँगै सिग्देल वडा अध्यक्षामा चौथो कार्यकालका लागि चयन भएन छन् ।
पाटि जिल्ला इन्चार्ज तथा सिन्धुली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लेखनाथ (राजन) दाहालको आतिथ्यतामा भएको भेलाले निर्मला घिमिरे उपाध्यक्ष, प्रकाश फुयाल सचिव, रामेश्वर अधिकारी सहसचिव र कोषाध्यक्षमा बालिका घिमिरेलाई चयन गरेको हो ।
वडा इन्चार्जको जिम्मेवारी भने सन्तबहादुर नेपालीलाई दिइएको छ ।
कार्यक्रममा नगर कमिटी अध्यक्ष शेर बहादुर कार्की , सचिव चन्द्र गौतम लगायतको उपस्थिति रहेको थियोे ।