साउन ४, काठमाडौं । कम्प्युटर अपरेटिङ सिस्टम माईक्रोसफ्टमा प्राविधि समस्या देखिएको छ ।
प्रविधिमा आएको गडबढीको कारणले विश्वभरका सेवाग्राही मारमा परेका छन् । यसको मारमा मुख्यगरी उडान, मुख्य बैंक र मिडिया क्षेत्रमा समस्या देखिएको छ ।
अस्ट्रेलियाको जेटस्टार विमानस्थ अलपत्र परेको छ भने सुपरमार्केट र प्रशारण माध्यममा समस्या आएको छ ।
यो समस्या आएपछि केही घण्टाबाट अस्ट्रेलिया सबैभन्दा बढी प्रभावित बनेको जनाइएको छ ।
