Friday, July 4, 2025
Date
शुक्र, असार २०, २०८२
Fri, July 4, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home समाचार

मन्दिर प्रवेश गरेको निहुँमा दलित कुट्ने वडा अध्यक्ष पक्राउ

Sambridinews by Sambridinews
शुक्रबार, अशोज १४, २०७९
in समाचार
0
मन्दिर प्रवेश गरेको निहुँमा दलित कुट्ने वडा अध्यक्ष पक्राउ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिका–७ मा दलित समुदायका व्यक्तिमाथि कुटपिट गरेको आरोपमा त्रिवेणी नगरपालिका ७ का वडाध्यक्ष पक्राउ परेका छन् ।
बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी मन्दिर प्रवेश गरेको भन्दै टेकेन्द्र सुनारमाथि निर्घात कुटपिट गरिएको छ ।
जातीय भेदभाव तथा छुवाछुत ऐन, २०६८ अन्तर्गत अयडीसहित तीनजनाविरुद्ध जिल्ला प्रहरी बाजुरामा उजुरी परेको थियो। जातीय भेदभाव र कुटपिटको उजुरी परेपछि वडाध्यक्ष अयडीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। वडाध्यक्ष अयडीलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको र घटनामा संलग्न रहेका तर फरार भएका स्थानीय रंगलाल पाध्याय र विनोद अयडीको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए ।

बाजुराको बुढीगंगा नगरपालिका घर भई हाल कञ्चनपुर जिल्लामा बस्दै आएका टेकेन्द्र पूजाका क्रममा नाटेश्वरी मन्दिर पुगेका थिए। पूजाका लागि मन्दिर परिसरमा प्रवेश गरेका सुनारमाथि वडाध्यक्ष अयडीसहित तीनजनाले मन्दिर छोएको आरोपमा कुटपिट गरेका थिए।

You might also like

नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने

विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौताः पर्यटकले नेपालमा अलीपें प्रयोग गरी क्युआरमार्फत भुक्तानी गर्न सक्ने

‘दलितले मन्दिर प्रवेश गर्न पाउँदैनन्’, ‘दलित भएर भगवान्को मन्दिर प्रवेश किन गरेको ?’ भन्दै कुटपिट गरेको पीडित सुनारले बताएका छन्। आँखा र मुखमा घाउ लागेर अनुहार नै सुन्निएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उजुरीका लागि चौतर्फी दबाब बढेको थियो। टेकेन्द्रले आफू कुटपिट र विभेद सहेर बसेको तर दलित अधिकारकर्मीको सहयोग मिलेपछि न्यायका लागि उजुरी दिएको बताएका छन्।

मान्छे भएर पनि मान्छेको जस्तो व्यवहार नगर्ने राज्यका प्रतिनिधिलाई कानुनको पाठ पढाउन र मान्छेलाई सम्मान गर्नुपर्छ भन्ने थप सिकाइका लागि कानुनको शरणमा आएको सुनारको दुखेसो छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी थापाका अनुसार पीडित सुनारले उनीहरूले आफूसँग भएको ६० हजार रुपैयाँसमेत लुटेर लगेको दाबी गरेका छन्।

जातीय विभेद गर्ने अयडीसहित तीनजनाविरुद्ध उजुरी प्रमाणित भए ५० हजारदेखि २ लाखसम्म जरिवाना र तीन महिनादेखि तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सार्वजनिक पदधारण गरेका व्यक्तिबाटै सार्वजनिक स्थलमा जातीय विभेद गरेको भन्दै वडाध्यक्ष अयडीको चौतर्फी विरोध भएको छ।

Related

Previous Post

आजकाे माैसम : मधेस र बागमती प्रदेशमा सामान्य बदली

Next Post

दशैंको टीका राष्ट्रपतिले मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने

Sambridinews

Sambridinews

Related Posts

नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने
FEATURED

नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने

by Sambridinews
शुक्रबार, असार २०, २०८२
विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे
FEATURED

विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे

by Sambridinews
शुक्रबार, असार २०, २०८२
एनआईसी एशिया र एनसीएचएलबीच सम्झौताः पर्यटकले नेपालमा अलीपें प्रयोग गरी क्युआरमार्फत भुक्तानी गर्न सक्ने
TOP STORIES

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौताः पर्यटकले नेपालमा अलीपें प्रयोग गरी क्युआरमार्फत भुक्तानी गर्न सक्ने

by Sambridinews
शुक्रबार, असार २०, २०८२
नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी
TOP STORIES

नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी

by Sambridinews
बिहिबार, असार १९, २०८२
नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न
FEATURED

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

by Sambridinews
बिहिबार, असार १९, २०८२
Next Post
दशैंको टीका राष्ट्रपतिले मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने

दशैंको टीका राष्ट्रपतिले मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सोमवार, कार्तिक ७, २०७९
कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

बिहिबार, बैशाख १३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अमेरिकामा प्रधानमन्त्री खड्ग ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

शुक्रबार, असार २०, २०८२
नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने
FEATURED

नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने

शुक्रबार, असार २०, २०८२
विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे
FEATURED

विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे

शुक्रबार, असार २०, २०८२
एनआईसी एशिया र एनसीएचएलबीच सम्झौताः पर्यटकले नेपालमा अलीपें प्रयोग गरी क्युआरमार्फत भुक्तानी गर्न सक्ने
TOP STORIES

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौताः पर्यटकले नेपालमा अलीपें प्रयोग गरी क्युआरमार्फत भुक्तानी गर्न सक्ने

शुक्रबार, असार २०, २०८२
नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी
TOP STORIES

नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी

बिहिबार, असार १९, २०८२
नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न
FEATURED

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

बिहिबार, असार १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.